मङ्लबार, बैशाख ११, २०८१

पटनाको दूध काठमाडौँमा आपूर्ति

हेटौँडा, १७ साउन । भारतबाट काठमाडाँै उपत्यकाका लागि आपूर्ति हुँदै आएको दूध दैनिक रुपमा हेटौँडामा प्रशोधान हँुदै आएको छ । दुग्ध विकास संस्थानले भारतको पटना डेरीबाट दैनिक ४० हजार लिटर दूध हेटौँडामा ल्याएर प्रशोधन गर्दै आएको हो । पटनाबाट आउने दूध हेटौँडा दूध वितरण आयोजनाले प्रशोधन गरेर बिहान सबेरै काठमाडौँ पठाउने गरेको सो आयोजनाले जनाएको छ । दूध वितरण संस्थाले भारतको पटना डेरीबाट गत आव २०७०/०७१ मा ५० लाख ७० हजार लिटर दूध खरिद गरेको थियो । दुग्ध विकास संस्थानले सो दूध भारत सरकारको स्वामित्वमा रहेको पटना डेरीबाट खरिद गरेबापत पटना डेरीलाई नेरु २२ करोड ७४ लाख भुक्तानी गरेको हेटौँडा दूध वितरण आयोजनाका प्रमुख सरोजकुमार सिम्खडाले बताउनुभयो ।
संस्थानले नेपाली कृषकबाट प्रतिलिटर नेरु ४० मा र पटना डेरीबाट नेरु ४५ मा दूध खरिद गर्ने गरेको छ । पटना डेरीको ट्याङ्करले दूध राति नै हेटौँडा दूध वितरण आयोजनाको प्रशोधन कक्षमा पु¥याउने गरेको छ । यसैगरी वितरण आयोजनाले पनि काठमाडौँका उपभोक्तालाई दूध आपूर्तिमा सहज तुल्याउन दैनिक १२ हजार लिटर प्रशोधित दूध हेटौँडाबाट काठमाडौँमा पठाउने गरेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७१