बिहिबार, बैशाख १३, २०८१

कृषि प्रमुखले गरे अदुवा खेती निरीक्षण

Nirikchyanझापा, १७ श्रावण । झापा जिल्लाका विभिन्न १० स्थानमा सञ्चालन भईरहेको असल कृषि अभ्यास किसान पाठशालाको कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमल्सेनाको टोलीले अनुगमन एवं निरीक्षण गरेको छ । झापा कृषि विकास कार्यालयको प्राविधिक र प्रतिष्पर्धात्मक अदुवा बाली उत्पादन आयोजनाको आर्थिक सहयोगमा सो पाठशालाहरु सञ्चालन भईरहेको छ । अनुगमन गर्ने क्रममा प्रमुख तिमल्सेनाले सो पाठशालमा संलग्न किसानहरुले अदुवाबाली उत्पादनका लागि असल कृषि अभ्यासमा जिल्ला कृषि कार्यालयको तर्फबाट आगामी बर्ष अदुवाको क्षेत्र विस्तार र गुणस्तरीय अदुवा उत्पादन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
साथै उहाँले अदुवा खेती गर्दा किसानहरुलाई कुनै समस्या आईपरेमा तत्काल कृषि विकास कार्यालय वा सेवा केन्द्रमा सम्पर्क गरी जानकारी लिन आग्रह गर्दै त्यसका लागि आफू सधै तत्पर रहेको बताउनु भयो ।
साथै उहाँले जैविक विषादी, रासायनिक बिषादी र बीउ उपचार नगरिएको कृषकहरुको अदुवा लगाएको खेतबारी निरीक्षण पश्चात उपयुक्त वा तरीका छनौट कृषकहरु आफैले सिकेर आगामी दिनमा व्यवहारमा उतार्न समेत आग्रह गर्नु भयो ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७१