आइतवार, जेष्ठ १३, २०८१

उत्कृष्ट किसान र कर्मचारी पुरस्कृत

इलाम, १७ साउन । जिल्ला पशुसेवा कार्यालय इलामले विविध क्षेत्रमा योगदान पु¥याउने उत्कृष्ट किसान र कर्मचारीलाई पुरस्कृत गरेको छ । गाईपालनको माध्यमबाट सबैभन्दा बढी दूध उत्पादन गर्ने, बङ्गुरफार्म सञ्चालन गर्ने, ग्रामीण क्षेत्रमा पशुहरूको कृत्रिम गर्भाधान गर्ने उत्कृष्ट ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता, सहकारी समूह, किसान, कार्यालयमातहतका कर्मचारीलाई शुक्रबार यहाँ पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरूमा गाईपालनको माध्यमबाट सबैभन्दा बढी दूध उत्पादन गर्ने सूर्याेदय नगरपालिकाअन्तर्गत पञ्चकन्या गाईपालनका प्रमुख विष्णुकुमार रेग्मी, साङपाङ बङ्गुर फार्मका सञ्चालक टेकबहादुर राई, बृहत्तर पशुपालन तथा कृषि सहकारी संस्था सुलुबुङका अध्यक्ष नेत्रप्रसाद रिजाल तथा उत्कृष्ट कर्मचारी गङ्गाराम यादव र मोहन श्रेष्ठ हुनुहुन्छ । उहाँहरूलाई जिल्ला पशुसेवा कार्यालयका वरिष्ट पशुविकास अधिकृत पशुपति ढुङ्गाना, जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगी र कृषि विज्ञ योगेन्द्रमान श्रेष्ठले प्रमाणपत्र र जनही रु पाँच हजार प्रदान गर्नुभयो । पुरस्कृत व्यक्ति टेकबहादुर राईले व्यवसायमा लगानी राज्यले गरेपनि त्यो आफ्नो व्यवसाय हो भन्ने सम्झेर त्यसको दिगोपनामा लाग्नुपर्ने बताउनुभयो । कृषि साप्ताहिक

प्रकाशित मिति: शनिबार, साउन १७, २०७१