बुधबार, बैशाख १२, २०८१

महिलामैत्री कृषिमा जोड

ललितपुर १६ साउन । नेपालको कृषि क्षेत्र महिलामैत्री हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । प्रेरणा संस्था अक्सफामको संयुक्त आयोजनामा महिला किसान राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रिय महिला आयोगका सदस्य उर्मिलादेवी विश्वकर्माले  अधिकांश युवा वैदेशिक रोजगारीमा जाने र बाँकी काम महिलामा निर्भर रहनुपर्ने भई कृषि क्षेत्रमा महिलाको अहम् भूमिका रहेकाले उनीहहरूको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा विमला राईले महिलाको अधिकारका लागि संयुक्त लालपुर्जाको निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।कृषि उत्पादनमा प्रयोग हुने औजार महिलामैत्री हुनुपर्ने सुझाव पनि उहाँले  दिनुभयो । कृषि विभाग, खाद्यका लागि कृषि अभियानका सदस्य डा कृष्णा पौडेलले खाद्य सुरक्षाका लागि राज्यले कृषिमा अधिकतम लगानी गर्नुपर्ने र कृषि विकासका लागि महिलाको सहभागी सकारात्मक रुपले वृद्वि भइरहेको अवस्थामा थप प्रोत्साहन दिनुपर्ने  बताउनुभयो ।
कृषि तथा सहाकरी मन्त्रालयको सन् २०११ को तथ्याङ्कमा कृषि पेसामा लागेका महिलाले प्राङ्गारिक मल हाल्ने भूमिकामा ९६ प्रतिशत सहभागी हुने गरेको देखाइएको तथा सिँचाइमा उनीहहरूको भूूमिका ५० प्रतिशत रहने गरेको छ । कृषि कार्यमा महिलाको संलग्नता सन् २०१०÷११ मा ८९ प्रतिशत सहभागी भएको तथा यो दर सन् २०१० मा ७२ प्रतिशत सहभागी भएको तथ्याङ्कले देखाएको छ । -कृषि सा.

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७१