बिहिबार, चैत्र १५, २०८०

आर्थिक विकासका लागि कृषि व्यवस्थामा सुधार ल्याउनुपर्छ – मन्त्री पराजुली

काठमाडौँ, १६ साउन । कृषि मन्त्री हरिप्रसाद पराजुलीले नेपालको आर्थिक विकासका लागि कृषि व्यवस्थामा सुधार ल्याउनुपर्नेे बताउनुभएको छ । ज्योतीस्वरुप जडिबुटी प्रशोधन उद्योगले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पराजुलीले नेपाल कृषिप्रधान देश भएकाले व्यावसायिक खेती गर्न चाहने किसानका लागि कृषि प्रविधि तथा अनुदानको व्यवस्था मिलाउन सके अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने उल्लेख गर्नु भयो । सो अवसरमा उद्योगका अध्यक्ष प्रदीपप्रसाद गौतमले कृषकले उत्पादन गरेका जडिबुटीका लागि उपयुक्त बजारको व्यवस्था हुननसक्दा कृषकहरू मर्कामा परेको बताउनुभयो । उहाँले व्यावसायिक खेती गर्न चाहने किसानका लागि सरकारले आवश्यक अनुदान तथा उपयुक्त बजारको व्यवस्था मिलाउनुपर्ने सुझाव दिनुभयो । -कृषि साप्ताहिकबाट

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७१