शुक्रबार, चैत्र १६, २०८०

मोरङ्गमा पनि देखिन थाल्यो फट्यांग्रा प्रकोप

काठमाडौं,१४ श्रावण । मोरङ जिल्लाको अम्दुवा लगायतका केही गाविसमा लगाइएका उखु खेतीमा यतिखेर फट्यांग्रा प्रकोप देखिन थालेको छ । सुनसरी जिल्लामा फट्यांग्रा प्रकोपबाट उखु खेती सखाप हुने डरमा किसानहरु आतंकित बनिरहेका बेला मोरङ्गमा देखा पर्ना साथ कृषि विकास कार्यालयले त्यसप्रति सजगता अपनाउन थालेको कृषि विकास कार्यालय मोरङ्गले जनाएको छ ।
जिल्ला कृषि कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतिका अनुसार फट्यांग्रा समयमा नै नियन्त्रण गर्न कार्यालय सक्रिय रहेको र सुनसरीमा देखिएको प्रकोपसँगै कृषि विभागबाट स्थलगत निरीक्षणमा विशेषज्ञ टोलीले उखु खेती भईरहेका जिल्लाहरुमा पुगिसकेकाले किसानहरुले राहत महशुस गरिरहेको बताउनु भयो ।
कृषि अनलाईनसँग कुरा गर्दै उहाँले सुनसरीमा जस्तो प्रकोप नदेखिए पनि केही मात्रामा देखिन थालेकाले त्यसलाई न्यूनिकरण गर्न आफूहरु सक्रिय भईसकेको बताउनु भयो ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७१