मङ्लबार, बैशाख ११, २०८१

झापामा पानी नपर्दा किसान चिन्तित

काठमाडौं, १४ श्रावण । पूर्व नेपालको झापा जिल्लामा सिंचाई असुविधा भएका स्थानहरुमा आकाशेभरमा धान रोपाई गरिरहेका किसानहरु पानी नपर्दा चिन्तित हुन थालेका छन् । लामो सयमसम्म खडेरी परिरहेका कारण र पानी नपर्दा किसानहरुको खेतमा लगाइएको धानको बीउ सुक्ने अवस्थामा पुगिसकेको छ ।
dhan ko biuजिल्ला कृषि कार्यालय झापाका अनुसार जिल्लामा ७० प्रतिशत रोपाई सम्पन्न भईसकेको भएपनि ३० प्रतिशत स्थानमा भने सिंचाई अभाव र आकाशे पानीको पर पर्नु पर्ने भएकाले रोपाई हुन सकिरहेको छैन । रोपाई हुन नसकेका क्षेत्रहरुमा आकाशे पानीको भर पर्नु परेका कारण साउनको आधा पुग्न लागिसक्दा पनि रोपाई हुन नसकेको हो ।
जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार सिंचाई नभएको ठाउँका जमीन सुख्खा हुँदै गएका कारण किसानहरु अत्यन्तै चिन्तामा रहेका छन् । सिंचाई असुविधालाई ध्यानमा राखेर नै कृषि कार्यालयले किसानहरुलाई छिटो पाक्ने हर्दिनाथ १ जस्ता धानको बीउ राख्न उत्प्ररित गरिरहेको प्रमुख तिमल्सेनाले बताउनु भयो ।
ब्याड्मा राखिएको बीउ सुक्ने डरले किसानहरुले बीउ जोगाउन ब्याडबाट बीउ अन्तै सार्न थालेका छन् । यसले पानी पर्ने आशामा धानको बीउ जोगाउन यस्तो खाले परम्परागत विधि किसानहरुले अपनाउन थालेका छन् । जसले केही दिनका लागि भए पनि राहत दिन सक्ने बताएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७१