शुक्रबार, चैत्र १६, २०८०

अहिले तरकारी खान योग्य छ -डिल्लीराम शर्मा कार्यक्रम निर्देशक, बाली संरक्षण निर्देशनालय

Dilli ram sarma (2)तरकारीमा बिषादी रूकावटको मात्र कम भईरहेको छ भन्नुहुन्छ तर सञ्चार माध्यमले त बिषादी प्रशस्त छ भन्छन् नि  ?
सञ्चार माध्यममा धेरै कुराहरू त आएका छन् । ती कति सत्य छन् कति सत्य छैनन् । तथ्य के हो भन्ने कुरा सञ्चारकर्मीहरूले राम्ररी बुझ्नु प¥यो । र त्यो तथ्यलाई राम्ररी जनतामा मा“झ ल्याईदिनु प¥यो । बाली संरक्षण निर्देशनालयले प्रयोगशाला खडा गरेको हो । हामी कालीमाटी तरकारी बजारमा विक्रीका लागि ल्याईने तरकारी चेकजा“च गरिरहेको छौं । हामीले असार ४ गतेदेखि बिषादी चेकजा“च गर्न थालेका हौं त्यसबेलासम्म कसैलाई केही जानकारी थिएन । कृषक, व्यापारी र उपभोक्ताहरूलाई समेत थाहा थिएन । किसानहरूले पनि बिषादी हालेको थाहा हु“दैन भन्ने थियो र उपभोक्ताले पनि बिषादी हालेको थाहा पाउ“दैनथे  । जव हामीले बिषादी प्रयोग भए नभएको चेकजा“च ग¥यौं । १८७ मध्ये १५५ प्रकारका तरकारीहरूमा केही पनि देखिएन सवै खान योग्य थिए । २६ वटा नमूनामा अलि बढी बिषादी प्रयोग भएको देखिएको हो ।
धेरै तरकारी खान योग्य भए थोरै खान अयोग्य देखिए । बिषादी चेकजा“च पछि के गर्नु भो त यहा“हरूले  ?
यो एक महिनामा जति संकलित तरकारीको नमूनामा बिषादीको मात्रा बढी प्रयोग भएको पायौं । ती तरकारी विक्री गर्ने व्यापारी एवं उत्पादन कार्यमा लागेको किसानहरूलाई समेत सचेत गराउने काम गरेका थियौं  । अत्यधिक बिषादी प्रयोग गरेको तरकारी कालीमाटीमा ल्याउनु भो भने हामी जफत गर्दछौं भन्यौं । त्यतिबेला हाम्रो कार्यविधि बनिसकेको थिएन । मन्त्री स्तरीय निर्णयबाट असार २९ गते सो कार्यविधि स्वीकृत भएको छ । शुरूमा बिषादीको मात्रा २६  प्रकारका तरकारीमा देखिए भने अहिले बिषादीको जाच गर्दा कुनै पनि तरकारीमा देखिएन ।
बिषादीको मात्रा बढी भन्ने कुरा के हो त  ?
अहिले सञ्चार माध्यममा आएको मात्रा बिषादीको भन्ने आईरहेको छ । त्यो भनेको बिषादीको प्रभावलाई रोक्न सक्ने सामथ्र्यताको मात्रा हो । त्यही रोकावटको मात्रा ३५ प्रतिशत भयो भने खान योग्य हुने छ । ३५ देखि ४५ मात्रासम्म देखियो भने करीव ५ दिन स्टोरेज गरेर मात्र प्रयोग गर्नु पर्दछ र ४५ प्रतिशतभन्दा बढी एसिटाईल कोलिन इस्रेज इन्जाईमको रोकावट मात्रा भयो भने त्यस्ता तरकारीलाई खान अयोग्य भनेका छौं । पछिल्लो समयमा यसको रोकावट मात्रा ३ प्रतिशतदेखि १५ प्रतिशत मात्र पाएका छौं । यसले गर्दा हामीलाई खुशी पनि लागेको छ । यो प्रतिशत घट्नुले किसानहरूमा चेतनाबृद्धि हु“दै गएको छ । उहाहरू सर्तक हुदै जानु भएको छ । तर त्यसो भन्दैमा हामीले ढुक्क भएर बस्ने छैनौं । हामी बिषादी प्रयोग न्यूनिकरण गर्नका लागि प्रतिवद्धताका साथ लागिरहेको छौं । अत्यधिक बिषादी प्रयोग भएका तरकारी फेला परे हामी जुनसुकै बेला पनि बिर्सजन गर्ने छौं ।
यहाहरूले विषादीको मात्रा कमहुदै गएको छ भनिरहनु भएको छ बाहिर कुरा अर्कै आईरहेको छ किन यस्तो गलत  ?
बाहिर समाचारहरू के कारणले आएको हो भन्न सकिदैन । तर कतिले नबुझेर पनि यस्तो भई रहेको छ । हामीले रूकावट प्रतिशतको कुरा गरिरहेका छौं । यो अलि बुझ्न गाह्रो छ हामीले बुझाउने प्रयास गर्दा गदै पनि बुझ्दै नबुझि यति प्रतिशत उति प्रतिशत भन्ने आएको हो जस्तो लाग्छ । यसले धेरै मिडियाको साथीहरूलाई वुझाउन नसकेको हो जस्तो लाग्छ । बुझाउने कोशिस पनि गर्दैछु के हो यो प्रतिशत भनेको । त्यसले गर्दा अव आउने समाचार सहि र तथ्य समाचार आउछ जस्तो लाग्छ ।
जुन मात्राको कुरा यहाले गर्नु भो त्यो विषको मात्र होइन भनिरहनु भएको छ । सञ्चार माध्यमहरूले बिषको मात्रा भनिरहेका छन् । उपभोक्ताहरूले पनि त्यही नै बुझिरहेको अवस्था छ अलि प्रष्ट पारिदिनुस् त  ?
ठिक कुरा उठाउनु भो । अहिले हामीले बुझ्नु पर्ने कुरा नै यही हो । एसिटाईल कोलिन इस्रेज इन्जाईम हाम्रो शरीरको रगतमा हुन्छ । त्यो वढ्ने दर र त्यसको रोकावटको दर  छ । हामीले भनिरहेको छौं त्यही रूकावटको मात्राको दर प्रतिशत हामीले भनिरहेका छौ । त्यो विषादीको प्रतिशत होईन । रासायनिक बिषादी प्रयोग भएको तरकारीमा त्यही रोकावटको मात्रा दर ३५ प्रतिशत सम्म भयो भने त्यसलाई खान मिल्छ त्यसले पछि शरीरलाई कुनै असर गर्दैन । ३५ देखि ४५ सम्म भएको अवस्थामा त्यसलाई ४ देखि ५ दिनसम्म स्टोरेज गरेर त्यस पछि खायो भने हुन्छ । त्यसले असर पार्दैन तर ४५ प्रतिशत नाघेको छ भने त्यसले हाम्रो शरीरलाई नोक्सान पु¥याउछ ।
बिषादी विश्लेषण प्रयोगशाला स्थापना गर्दा २६ वटा बस्तु खान अयोग्य हुन धेरै बिषादी प्रयोग गरिएको पाइएको थियो यो एक महिनामा घटिरहेको छ भन्नु हुन्छ । कतै यसको कारण तरकारीहरू कालीमाटी नल्याएर अन्य स्थानमा लगेको कारणले त होइन ?
त्यो हुन सक्छ । त्यो कुरा मैले पनि सुनेको छु त्यो पनि पत्ता लाग्छ उहा“हरू कति दिनसम्म कहा“– कहा“ भाग्नुहुन्छ । अहिले कालीमाटीमा मात्र हामीले बिषादी चेकजा“च गरेका छौं भोली अन्त पनि राख्छौ । त्यसपछि कहा“ लगेर बेच्ने ?  त्यसैले कृषक दाजु भाई दिदि वहिनीहरू सर्तक भैसक्नु भएको छ । अब हामीले विषादी प्रयोग गर्नु हु“दैन र स्वीकृत प्राप्त बिषादी प्रयोग गरेपनि पर्खाईको समय कुरेर मात्र बजारमा लैजानु पर्दछ भन्ने चेतनाको वृद्धि भैरहेको छ धेरैलाई थाहा भैसक्यो । अव भने विषादी प्रयोग सुरक्षित तरीकाले गर्ने र बजारमा ल्याउदा पनि हतारमा होइन पर्खने समय कुरेर ल्याउनुहुन्छ भन्ने आशा छ ।
यहाहरुले एग्रोभेटमा पनि अनुगमन गर्नु भयो के पाउनु भयो त्यसबाट ?
एग्रोभेटहरुले अनुचित मात्रामा बिषादी विक्री वितरण गरिरहेका छन् भन्ने खवर पाउना साथ हामीले एउटा टोली बनाएर कालीमाटी छेउछाउमा रहेका एग्रोभेटहरू अनुगमन ग¥यौं । तर सो क्षेत्रमा सञ्चालनमा आएका एग्रोभेटहरूले त्यस्तो प्रतिवन्धित वा अनुचित बिषादीहरू विक्री गरेको पाएनौं ।
रोकावटको मात्रा ४५ भन्दा माथि भएकोलाई नस्ट गर्ने भनेर कार्य विधीमा उन्लेख गरिएको छ । त्यो अनुसार भएको छैन नष्ट गरिएन भन्ने कुरा पनि छ नि ?
कार्य विधि वनाउनु भन्दा अगाडि अत्यधिक बिषादी प्रयोग भएका तरकारी नष्ट गर्न सकिरहेका थिएनौ । अहिले मन्त्रिस्तरीय निर्णयबाट कार्यविधि आएको छ । कार्यविधि आएपछि र बिषादी चेकजा“च गर्न थालेपछि त्यस्ता तरकारी आएका छ्रैनन् । तर पनि रोकावटको दर ४५ प्रतिशत भन्दा बढी भएका तरकारीलाई आए भने कार्यविधि अनुसार स्थानीय प्रशासनले त्यसलाई नष्ट गर्ने छ जुन कार्यविधिमा स्पष्ट लेखिएको छ । त्यो भन्दा फरक हु“दैन ।
कालीमाटी तरकारी बजारमा बिषादी प्रयोग नभएका तरकारी नआउनु भनेको बाघ कराउनु र बाख्रा हराउनु भने जस्तो भएन  ?
यस्तो हुन्छ । कालीमाटीमा बेच्न ल्याइने तरकारी अन्यन्त्र चर्चामा आए जस्तो अन्यत्र लगेर बेच्यो भन्ने कुरामा पनि कहि कतै सत्य हुन सक्छ । तर व्यवसायीहरूले पनि त्यस्तो गर्नु हुन्न जस्तो मलाई लाग्छ । हामीले त बेच्न ल्याएका तरकारीहरूको नमूना संकलन गरेर चेकजा“च गर्ने हो । हाम्रो प्रयोगशालामा जो कोही पनि गएर हेर्न सक्नु हुन्छ ।
विषादी प्रयोगमा अब के हुन्छ  ?
विषदीको प्रयोग न्यूनिकरणका लागि जनचेतना बृद्धि व्यापक रुपले सञ्चालन भैरहेको छ धेरै किसानहरूलाई जानकारी भईसकेको पनि छ । अवका दिनमा कम बिषादी प्रयोग भएका र पर्खने समय कुरेर मात्र किसानहरूले तरकारीहरू बजारमा पठाउनु हुने छ । र सवै तरकारी खान योग्य हुनेछन् । अहिलेपनि केही तरकारी खान योग्य नै आउन थालिसकेका छन् ।

प्रकाशित मिति: आइतवार, साउन ११, २०७१