आइतवार, जेष्ठ १३, २०८१

छदम भेषि पशु चिकित्साकर्मी, पुश स्वास्थ्यकर्मी एवं पशु पशुपालनका लागि चुनौती

karkikedarपशुपालन क्षेत्र हाम्रो जस्तो विकाशील कृषि प्रधान देशका लागि बलियो आधारस्तम्भ मानिन्छ । मुलुकको आजको कुल ग्राहस्थ उत्पादनमा यस क्षेत्रले पु¥याएको योगदान हेर्दा, विश्व प्रतिस्पर्धामा टिक्न अझ धेरै गर्न बाँकी त छ नै, यसका पनि पुश चिकित्साकर्मीको विश्वसनीयता बचाउन पनि । यो माग त्यति बेला पुरा गर्न सकिन्छ जब पशु स्वास्थ्य संर्वद्धनका लागि विश्वाशिलो प्रयत्न गरिने छ । यसका लागि पशु विकास तथा पशु स्वास्थ्य संर्वद्धनमा लागेकाको संयुक्त प्रयास हुनु पर्छ । त्यसका लागि आज हाम्रा सामु चुनौतीका रुपमा छदम भेषि रुपमा देखा परेका पशु चिकित्साकर्मीका कारण सृजना हुन पुगेका समस्या समाधान खोजीनु पर्ने हुन्छ । जसकारण उपयुक्त अध्ययन एवं पशुपालक कृषकका लागि त यो मन्द विष सरह भएको देखिन्छ ।
छदमभेषि चिकित्साकर्मी चाहे त्यो पशु स्वास्थ्य सेवा प्रवाह गर्ने हुन वा मानव स्वास्थ्य सेवा प्रवाह गर्नै हुन यीनीहरु फुर्तिपुर्णरुपमा आफूलाई प्रस्तुत गर्दछन्, सवै चिकित्सा जन्यज्ञान आफूसँग भएको भनी सेवा ग्रहीलाई झुक्याएर यीनको उदेश्य एउटै हुन्छ त्यो भनेको सोझ सेवा ग्राहीबाट पैसा कुमल्याउने । यी छदमभेषि पशु चिकितसाकर्मी कसरी सतहमा देखिन्छन् । यीनीहरु प्रायः पशु स्वास्थ्य सेवा प्रवाह गर्ने स्थापित निकायमा साना तीनो जागीर खाएर दक्ष एवै्र विज्ञ पशु चिकितसाकर्मीको सहयोगीका रुपमा रहेका हुन्छन् । यीनले ती दक्ष एवं विज्ञसँग विरामी जाच गर्दा । औषधी उपचार तथा रोकथामका उपायबारे दिने सल्लाह सुझावको सुक्ष्म अवलोकन गर्ने गरेका हुन्छन् । त्यस्का आधारमा उनीहरु आफै  चिकित्सक भएको अनुमती गर्दछन् । उनी पटक पटक सोही अनुसारको प्रयोग गरी सवैसाधारण कृषकलाई भ्रममा पारी धेरै, गोठ अनि खोरमा पुग्दछन् । यीनले पु¥याउने उपचार सेवा भनेको झरे आप गए झटारोे भने जस्तै हुन्छ नै । यीनको विशेषता भनेको स्थानिय छर छिमेकी हुनु अनि विभिन्न साइनो जोड्ने चिकित्सा विज्ञानको जटिल शब्दावलीलाई सेवा ग्राहीका भेषभुषा अनि स्थानियता हेरी उनकै बोली, भाषा अनि लवज प्रयोग गर्नुलाई मानिन्छ । यसरी यीनले सेवाग्रहीलाई ाभ्रम तथा विश्वासमा पारी आफ्नो स्वार्थ पुरा गर्छन्  तर दुःख पाउने भनेको बोलीविहीन पशु पंक्षी हुन पुग्दछन् ।
यस्ता छदमभेषि पशु चिकित्साकर्मीको वीगविगि हुनुमा सहायक भूमिका कस्तो त ?
क)  कृषक आफै दक्ष तथा विज्ञ पशुचिकिस्ताकर्मी त्यतिकै घर दैलो गर्देनन् त्सकारण यीनै छदमभेषि उनका भरपर्दा सहयोगी ठान्नाले पनि ।
ख) सरकारी सेवामा रहेका जिम्मेवारी पशु चिकित्सा कर्मी जो अफूलाई सरकारी आर्थिक प्रशासनिक कार्यमा व्यस्त राख्न रुचाउ“छन् अनि आफ्ना सहयोगीलाई यो विरामी यो रोगले ग्रसीत होला यो–यो औषधी उपचार यसरी गर्नु भनि अह्राउन्छन् जस्को प्रभाव सेवा ग्राही चिकित्सक काम लाग्ने भनै यीनै रहेछन् भन्ने भान हुन पुग्छ ।
ग) केही औषधी उत्पादक संस्था, औषधी व्यापारमा संलग्न संस्थाले पनि यीनलाई विभिन्न खाले प्रलोभनमा पारी रोग जे लागे पनि आफ्नो उत्पादक प्रयोग गरेवापत पुरस्कृत बेला बेलामा गर्दछन् ।
यसबाट पशु स्वास्थ्यमा हुने क्षति ः यीनलाई पशुपंक्षी के कारणले विरामी परे भन्ने सोच्ने फुर्सद त हुदैन बरु आफ्नो झोलामा भएको औषधी बेच्दा बढि नाफा को मात्र चिन्ता हुन्छ । सकभर यीनले सबै खाले औषधी एकै साथ प्रयोग गर्ने गराउ“छन् । एउटाले नगरे अर्काेले त गर्ला भी तर यीनलाई यस्ता विभिन्न समुहका औषधीको सहप्रयोग कारणा उत्पन्न हुन सक्ने रसायनिक अन्तर संघर्षका पशुको स्वास्थ्यमा नै पु¥याउने अकल्पनिक क्षतिको बारे यीनलाई चिन्ता पो किन हुने भयो । यस्को दुष्परिणाम भनेको विभिन्न खाले रोग लगाउने जीवाणु विषाणु,ढुसी परजीवीमा, विकशीत हुन जाने औषधी प्रतिको शहनशीलताको विकास ।यीनले एन्टी वायोटिक प्रयोग गर्ने भनेको शुरुमानै सवै भन्दा कडा त्यो पनि कि चाहिने मात्रा भन्दा बढि वा कम त्यो एण्टीवायोटिक कति मात्रामा कति दिन सम्म र कसरी प्रयोग गराइनु पर्ने भन्दा यीनलानई के उपयुक्त वा सहज लाग्न सम्म हो ।
कुन जिवाणु कुन एण्टीवायोटिक प्रति सम्वेदनशील वा सहनसील छ भन्ने कुरा यीनीहरुका लागि कुनै अर्थ राख्दैन त्यसैले होला आज चर्चा छ, वातावरणमा एण्टीवायोटिक सहनशील जीवाणुको विगविगीको । अर्काे तर्फ पशुपन्छीलाई झाडा पखालाले सतायो भने प्रति परजीवीको प्रयोग यीनले गर्नु सामान्य मानिन्छ कारण जे भए पनि । कस्तो खाले परजीवीबाट पशु ग्रीित भए, कस्तो खाले प्रति परजीवी औषधी कति मात्रामा दिने वा थप्नै पर्ने कहिले भन्ने चिन्ता यीनमा कमै पाइनछ । बरु कडा खाले उच्चतम मात्रामा दिने गरेको सामान्य रुपमा दिनु, विरामी निको  नभए सोही समूहको वा अन्य समूहको प्रति परजीवी औषधी दिनु सामान्य मानिन्छ । यसरी प्रति परजीवी जन्य औषधीको उच्चतम मात्रा प्रयोग गर्दा यसले निम्त्याउने परिणामको न्यूनीकरणको उपाय अवलम्बन गर्न यीनलाई फुर्सद नै किन पर्दथ्यो ।
अझ यी छदमभेषि पशुचिकित्साकर्मीहरु कहिले काँहि जटिल प्रकृतिका शल्यक्रिया गर्न पनि पछि पर्दैनन् । यसो गर्दा अपनाउनुपर्ने पूर्व सक्रमणका निरोधकका न्यूनतम उपाय अवलम्बन गर्न यीनलाई फुर्सदको किन होस् । जसको परिणाम विरामीले ज्यान गुमाउने जोखिम त रहन्छनै, घाउ पाकी जनावरले पाउने  दुःख आफ्नै ठाउमा छ । किनभने यीनले प्रयोग गर्ने शल्यक्रिया गर्ने चाहिने सामान भनेको एउटा सर्जिकल ब्लेड, एउटा सिरिन्ज र एउटा निडल त मात्र हुने त हो । किन्यो एक पटक प्रयोग गरि हजार पटक, निर्मलीकरण र निसंक्रमण के हो यीनलाई के चिन्ता ? जिउमा कतै सुन्निएको यीनले देख्न पनि हुन्न । झोलाबाट झिक्यो सियो खोप्यो सुटुक्क । अझ थुनबाट दुध आएन भनेर सोध्ने हो भने थुनमा काठ बास र कुनै धातुको सुइरोले घोचे दुध आइहाल्छ भन्ने  भन्दिए भयो । यो गाई भैसीले दुध दिदैन है, मेरो कुरा मन नपरे जानु सोध्न जानु ती डिग्री बोकेका पशु चिकित्सकलाई । यी छदमभेषि पशुचिकित्सकको ठुलो योगदानको काुरा विर्सन हु“दैन । त्यो भनेको हामे किसानको घरमा त्यो गर्भ टिकाउन सकेन, यसलाई बा“झोपन भनिन्छ । पशु प्रजनन विज्ञानको भाषामा पशुहरुको वंशाणुगत सुधार अनि उत्पादकत्व छोटो समयमा बृद्धि गर्ने विधि कृतिम गर्भाधारण विधि सल्पानजानीले आविष्कार ग¥यो ।
व्याडको रागो सधै के खोजिराख्ने आज यी छदमभेषि पशुचिकित्साकर्मीका कारण हाम्रा बहुमुल्य दुधालु गाई भैसी बाझोपन, अनी गर्भ उल्टीने बा“झोदेखिने समस्या  विर्य कहा र कति बेला राख्ने हेक्का त यीनलाई के होला । विर्य जडित बंदुक त्यो पेटमा हाले पुग्ने, क्षति भए त्यो निरिह प्राणीको यौनाङ्ग मात्र होइन पाठेघर अनि गर्भस्थलको त के कुरा विर्य पुग्छ पेटमा पाथठेघर स्थलमा हुने संक्रमणले निम्त्याउछ मेट्राटिस इन्डो मेट्राइटिस अनि पायोमेट्र हेर्दा स“च्चै मेरो गाईभै“सी अब व्याउने भयो भनेर ढुक्क हुन्छ किसान । गर्भिणी बेथा च्यापे पछि निश्चित समावधिमा बच्चा जन्मन्छन् ढिलो र चाडो यो विज्ञानको नियम हो  । तर कहिलेकाही समस्या आउछ नै । यीनका लागि यो पैसा थुत्नु सरल माध्यम पनि बन्दछ । बच्चा गर्भस्थलमा  कुन अवस्थामा कसरी अवस्थित छ र कसरी निस्कन खोजिएको छ भनी उनलाई यसको चिन्ता गरी पो रहनु किन प¥यो । गर्भस्थलमा रहेको बच्चाको जे भाग भेट्यो त्यो तानेर निकाली दिदा पुग्दछ । बरु माउको गभस्थल नै बाहिर किन न आओस ।
कहिले काही बच्चा स्वभाविक रुपमा जन्मे पछि साल अडाकिने गर्छ, तयसमा धेरै रोगजन्य कारण पनि हुन सक्दछ सोही अनुसार साल नाल छुट्याउन सक्ने दक्षताको खा“चो पर्छ । तर यीनलाई साल थुतेर पराक्रम गरे जस्तो हुन्छ, यस्तो बेला पशुले मृत्यु वरण सम्म गर्नुपर्ने हु्न्छन् । बाची हाले, जीवनभर बा“झोपनको सिकार हुनुपर्छ । यसबाहेक कहिल ेकाही गर्भिणी दुधालु गाई भै“सीमा उपयुक्तपोषणा व्यवस्थापन नगरिएको अवस्थामा गर्भाशय उल्टो गरी फर्केर बाहिर आउने गर्छ । जस्लाई भन्डारो फर्किने भनिन्छ । यस्तो बेला यी छदमभेषि पशुचिकित्साकर्मी छ“ु भन्नेले गर्ने भनिएको जबरजस्ती भित्र पसाइदिने मात्र हो । यसरी बाह्य वातावरणमा प्रस्तुत भएको त्यो संवेदनशील प्रजनन अंगको निर्मलीकरण, निसंक्रमण अनि यथास्थितिमा प्रतिस्थापन उनको प्राथमिकता मा त परेन जस्का कारण  पशुले मृत्युवरण गर्नुपर्ने सम्म हुन्छ । पशुपन्छीमा प्रयोग गरिने  खोप निष्प्रभावी हुनुमा यीनको भूमिका रहेको अधिका“श विकाशील देशमा मानिन्छ । यी खोप जैविक प्राकृतिक हुने कारणले यीनलाई उपयुक्त चिस्याइलो ताक्रममा सञ्चय एवं पारवाहन गरिनुपर्ने वैज्ञानिक मान्यता त विश्वव्यापी छ । तर यीनले गर्ने भनिएको एग्राभेटबाट दुई टुक्रा बरफ राखेर गोठमा पुगेर लगाएको खोपको विश्वसनियता कति हुन्छ । झन विडम्बना त के छ ख्याती प्राप्त निर्माताको एक भायल यीनले किन्यो भने त्यो कहिले सकिन्न । त्यो भायलमा कति पशुलाई पुग्ने भन्दा उनले कतिलाई पु¥याउने मात्र चिन्ता हुने गर्दछ । भनिन्छ एउटा पशुलाई प्रयोग गरेको सिरिन्ज र निडल अर्काेलाई प्रयोग गर्नु हुदैन । तर यीनले एक पटक यो किन्यो भने अर्काे किन्ने फुर्सद पो किन पर्नु प¥यो । प्रत्येक खोप निश्चित मात्रामा अनी पशुपन्छीका लागि प्रयोग गरिनुपर्छ तर आज हाम्रो परिवेशमा घर धनी बुझ्न पाएका हु“दैन । डाक्टर घरै आइपुग्छन् उपचार गर्न अनी सेवाग्रही धन्य ठान्छन् । अनि दिउ“सो केन्द्रीय पशु चिकित्सालय पुग्दछन् त्यहि पशुपन्छी लिएर ।
अब यसलाई रोक्न के गर्नुपर्ला
क) यस्ता छदमभेषि पशुचिकित्सकहरुको प्ष्ट पहिचान गरी उनको दुष्कर्मको लागि दण्दित गर्ने व्यवस्था गर्नुपर्दछ ।
ख)    एने कानून निर्मम रुपमा लागु गर्नुपर्ने हुन्छ ।
ग)    यदि कुनै वैधानिक पशु चिकित्सक यस्ता कार्य गर्न सघाउन मद्दत गर्नलाएको पाइएमा  तिनलार्य पनि एन नियममा व्यवस्था भए अनुसार कार्वाही गनुपर्ने हुन्छ ।
घ)    छदमभेषि पशु चिकित्सकहरु सघन निग्रानीमा राखिनुपर्छ ।
ङ) समग्र सेवा ग्रहीलाई आज यस्ताबाट तपाईको पशु धनको क्षती पु¥याउछन् । छदमभेषि पशु चिकित्सक र औपचारिक पशु चिकित्सक जसले विधिवत पशु चिकित्सा विज्ञानमा कम्तिमा स्नातक तहको अध्ययन गरेकोमा फरक हुन्छ है भन्ने सूचना प्रवाह गरिनुपर्छ ।
च) सरकारी पशु स्वास्थ्य प्रवाहको सेवा अझ बृहत रुपमा पशु पालक कृषकको घर दैलोसमम पु¥याउन पहल गर्नुपर्छ । सोही अनुसार जनमानसलाई सूचना र सेवाको पहु“नभएच पु¥याउने प्रयास गरिनुपर्छ ।
अन्तमा एक निष्कर्ष : यी र यस्ता अमानवीय व्यवहार गर्ने जसले यस्तो व्यवहार गर्छ तिनलाई तिरस्कार गर्नुपर्छ । पशु धनीले यस्ताको विश्वास गर्दा आफूले पालेको पशुधनीले भोग्नुपरेको पिडा र व्यहोरनु परेको आर्थिक क्षतिको बारेमा पनि सोच्नुपर्ने हुन्छ । दर्ता भएको पशु चिकित्सकले यस्ता कार्य प्रोत्साहित गर्नु हुन्न । भएको देखिन्छ भने सामूहिक प्रतिरोध गर्न सक्नुपर्छ । अनि मात्र पशु चिकित्सक पेसा मर्यादित  हुन्छ । नभय यीन्ले नेपाल भेट एसोयिसन अनी काउन्सीलमा किन तोडफोढ गर्दथे होलान ।–डा. केदार कार्की

प्रकाशित मिति: आइतवार, साउन ११, २०७१