बिहिबार, बैशाख ६, २०८१

ललितपुरमा मल उत्पादन शुरु

123

काठमाडौँ, १० श्रावण । रासायनिक मलबाट माटो विग्रदै गएका कारण प्रांगारिक कृषित र्फ किसानहरुलाई उत्प्रेरित गर्न सरकारल लागि परेको छ । किसानहरु पनि प्रांगारिक कृषि खेती तर्फ आकर्षित भईरहेका छन् । त्यत्तिमात्र होइन बिषादीका कारण पछिल्लो समयमा देखिएको समस्याका कारण उपभोक्ता समेत प्रांगारिक उत्पादन कै माग गर्न थालेका छन् । प्रांगारिक उत्पादनको माग बढिरहेकै बेला किसानहरुलाई गुणस्तरीय कम्पोष्ट मलको अभाव हुन नदिन ललितपुरको बुङ्गमतीमा बायोकम्प कम्पोष्ट मल उत्पादन शुरु भएको छ ।

युरोपमा सवैभन्दा बढी र गुणस्तरीय कम्पोष्ट मल उत्पादन भईरहेको नेदरल्याण्ड प्रविधिबाट नेपालमा कम्पोष्ट मल उत्पादन शुरु भएको यो पहिलो बताइएको छ । बायोकम्प नेपालले शुरु गरेको उक्त मल उत्पादन नेपालको भौगोलिक अवस्था, माटाको अवस्था र वातावरणलाई समेत मध्यनजर गरेर गरिएको उत्पादक संस्था बायोकम्प नेपालले जनाएको छ । सो संस्थाका निर्देशक ज्ञानीभक्त बादेका अनुसार नेपालको माटोमा बायोकम्प कम्पोष्ट मल अत्यन्तै लाभदायक हुने छ । दीर्घकालिन कृषि क्षेत्रको विकासका लागि माटोको उर्वरा शक्ति बढाउने खाद्यतत्व मिश्रित बायोकम्प मल अत्यन्तै सहज र सरल रुपमा किसानसम्म पु¥याउन सोच आफूहरुले लिएको बादेले वताउनु भयो ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०७१