शनिबार, बैशाख ८, २०८१

बिषादी युक्त बोडी पक्राउ, नष्ट गर्ने तयारी

काठमाडौं,९ श्रावण । काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारमा विक्रीका लागि तयार गरिरहेका बेला कालीमाटीमा स्थापित द्रूत बिषादी विश्लेषण प्रयोगशालामा चेकजाँच गर्दा अत्यधिक बिषादी प्रयोग गरिएको सर्लाहीको बोडी प्रहरीका नियन्त्रणमा रहेको छ ।
वडा प्रहरी प्रभाग कालीमाटीका असई दीपक पौडेलका अनुसार बिषादी चेकजाँचका क्रममा प्रयोग शालाले अत्यधिक बिषादी भएको प्रमाणित गरेपछि बोडी विक्रीमा रोक लगाई प्रहरीले नियन्त्रणमा लिएको हो । सो बोडी आयात कर्ता को हो भन्ने खुल्न नसकेको पौडेलले कृषिलाई बताउनु भयो । बोरामा रहेको सो बोडी करीव ३५० केजी हुन सक्ने अनुमान गरिएको छ । सो बोडीलाई आजै नष्ट गर्ने तयारी गरिएको बताइएको छ ।
बिषादी रोकथामकाका लागि प्रचलित ऐन कानून अनुरुप भर्खरै बनेको दू्रत बिषादी विश्लेषण कार्यविधि २०७१ गरेको व्यवस्था अनुरुप सो अत्यधिक बिषादी प्रयोग भएको तरकारी स्थानीय प्रशासनले नष्ट गर्ने व्यवस्था गरेकोले सोही बमोजिम हुने बाली संरक्षण निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत दिनेशबाबु तिवारीले बताउनु भयो ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७१