आइतवार, जेष्ठ १३, २०८१

कृषि आयोजनाहरुको समीक्षा हुँदै

काठमाडौं, ८ श्रावण । कृषि विकास मन्त्रालय मातहतमा वैदेशिक सहयोगमा सञ्चालनमा रहेका आयोजना तथा कार्यक्रमहरुको प्रगति समीक्षा कृषि विकास मन्त्रालयको सभाकक्ष शुरु भएको छ । कृषि विकास मन्त्रालयका निमित्त सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा कार्यक्रम शुरु भएको हो ।
samikachyaसो समीक्षा कार्यक्रममा मन्त्रालय मातहत सञ्चालन भईरहेका आयोजना तथा कार्यक्रमले गर्दै आईरहेका तथा प्रगतिको मन्त्रालयका तर्फबाट वरिष्ठ कृषि अर्थ विज्ञ लालकुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । वैदेशिक सहायतामा कृषि विकास मन्त्रालय मातहत १६ वटा आयोजना सञ्चालनमा आईरहेका र वैदेशिक सहायतामा सञ्चालनमा रहेका तर रातो कितावमा उल्लेख नभएका अन्य ४ वटा आयोजना पनि सञ्चालनमा आईरहेको कार्यपत्रमा प्रस्तुत गरिएको थियो । भने व्यवसायिक कृषि तथा व्यापार आयोजनाले यस आर्थिक बर्षमा गरेका कार्यक्रमका बारेमा आयोजना प्रमुख योगेन्द्र कार्कीले कार्यपत्र प्रस्तुत गर्दै गोलभेंडा उत्पादनमा उपआयोजनाहरु अगाडि रहेको बताउनु भयो ।
पहिलो चरणमा ५१ उपआयोजना सञ्चालन भएका मध्ये २ वटा उपआयोजना सफल नभएको र ४९ वटा उपआयोजना सफल भएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा उच्च पहाड कृषि व्यवसाय तथा जिवीकोपार्जन सुधार आयोजना, सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना, एकीकृत जल तथा बाली व्यवस्थापन कार्यक्रमका प्रमुखहरुले क्रमश कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।  –देवराज गौली

प्रकाशित मिति: बिहिबार, साउन ८, २०७१