बुधबार, बैशाख ५, २०८१

सिक्टा सिँचाइ आयोजनाले आर्थिक विकासको ढोका उघार्ने

नेपालगन्ज, ७ साउन । बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूल नहरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । राप्ती नदीमा बा“ध निर्माण गरी जिल्लाको कुल ४६ गाविसमध्ये ३४ गाविस र नेपालगन्ज नगरपालिकाको ३३ हजार ७६६ हेक्टर भूमिमा सिंचाइ पु¥याउने योजनाअनुरुप सिक्टा सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको हो । सैगरी, आयोजनाअन्तर्गत राप्ती नदीको बायाँतर्फ नदीपारिको नौ हजार हेक्टर कृषियोग्य भूमिमा समेत सिँचाइ पु¥याउने लक्ष्य रहेको छ । आयोजनाअन्तर्गत दोस्रो चरणको नहर निर्माण कार्यका लागि कालिका कन्स्ट्रक्सनले जिल्लाको शम्शेरगञ्जदेखि डुडुवा नालासम्मको साढे १७ किलोमिटर नहरको निर्माण गरिरहेको छ । आकाशे पानीको भरमा खेती गर्नुपर्ने नियति भोगेका यस जिल्लाका कृषकले सिक्टा सिँचाइ आयोजनाबाट ठूलो आशा राखेका छन् । “यो आयोजना सम्पन्न भयो भने जिल्लाका कृषकको जीवनस्तर सुदृढ हुनुका साथै कृषिमा हाम्रो जिल्ला आत्मनिर्भर हुन्छ”, कृषक अगुवा जयराम थारुको विश्वास छ । कृषि विकासबाट आर्थिक विकासको गन्तव्यमा पुग्न सो आयोजना कोसेढुङ्गा सावित हुनेमात्र होइन, कृषकको जीवनस्तरमा यसले कायापलट नै गर्ने विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७१