शुक्रबार, चैत्र १६, २०८०

मह उत्पादनलाई व्यवसायिक बनाउनु पर्ने

काठमाडौं, ७ श्रावण । मुलुकभर एक करोड ७० लाख माहुरीका गोला भएकोले यसलाई व्यवसायिक रुपमा विकसित गर्नु पर्नेमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाका निर्देशक योगेन्द्र कार्कीले जोड दिनु भएको छ । काठमाडौंमा आयोजित असल मौरीपालन अभ्यास निर्देशिका प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन गर्दै कार्कीले सो कुरा बताउनु भएको हो ।
1नेपाल उत्पादित मह अत्यन्त गुणस्तर हुने भएकाले यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनु पर्नेमा कार्कीले जोड दिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कार्कीले मह असल खाद्य बस्तु भएकाले यसलाई अझ असल बनाउनु पर्ने धारणा राख्नु भएको थियो ।
सो कार्यक्रममा पूर्व कृषि सचिव गणेश कुमार केसीले मह पालन नभईदिएको भए खाद्यान्नको स्वरुपमा नै परिवर्तन हुन्थ्यो होला भन्दै मह पालनलाई व्यवसायिक रुपमा अगाडि सोच परिवर्तन गर्नु पर्ने धारणा राख्नु भएको थियो । कमला नेपाल

प्रकाशित मिति: बुधबार, साउन ७, २०७१