आइतवार, फाल्गुन २०, २०८०

महमा लगानी गर्न आह्वान

काठमाडाँै, ७ साउन । नेपाल महमा समेत परनिर्भर भएपछि सरकारले निजी क्षेत्रका उद्यमीहरूलाई मह उत्पादनमा लगानी गर्न आह्वान गरेको छ । नेपालले भारत, अमेरिका, डेनमार्क र चीनबाट करिब रु ६० करोडको मह आयात गर्दै आएको नेपाल केन्द्रीय मह व्यवसायी सङ्घका अध्यक्ष धर्मराज श्रेष्ठले बताउनुभयो । मिडिया इन्टरनेसनलले आयोजना गरेको कृषि बहस कार्यक्रममा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले मह उत्पादनमा निजी क्षेत्रको प्रस्ताव आए छ प्रतिशत ब्याजमा लगानी गर्न सरकार इच्छुक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कृषि उत्पादनमा सरकारको कर नीति स्पष्ट भए निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न सकिने बताउनुभयो । आर्थिक वर्ष ०७१÷०७२ को बजेटले कृषि उत्पादनका लागि सरकारले रु एक अर्बको ब्याज रकम विनियोजन गरेको छ । व्यावसायिक खेती गर्न चाहने सहकारी, कम्पनी तथा कृषक समूह एवम् निजी फर्म सञ्चालकका लागि सरकारले सो रकम विनियोजन गरको हो ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७१