शनिबार, बैशाख ८, २०८१

बीच बाटोबाटै रासायनिक मल कालोबजारी हुने गरेको गुनासो

जनकपुरधाम, ७ साउन । सरकारले धानखेतीलाई लक्षित गरी किसानलाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल किसानसम्म नपुगेर बीच बाटोबाटै कालोबजारी हुने गरेको गुनासो आउन थालेको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले धनुषामा रहेको १९७ तथा महोत्तरीमा रहेको ९४ वटा सहरकारी संस्थामार्फत किसानलाई रासायनिक मल पु¥याउँदै आएको छ । कतिपय सहकारी संस्थाले आवश्यकताभन्दा बढी रासायनिक मल लाने गरेपनि ती मलहरू किसानसम्म नपुगी सहकारी संस्थाले बीचबाटोमै विक्रेतालाई बढी रकम लिएर बेच्ने गरेको ग्रामीण क्षेत्रका किसानको गुनासो रहेको छ ।
अर्कोतिर ती सहकारी संस्थाले तोकिएको मूल्यभन्दा बढी रकम लिने र जथाभावी ढुवानी खर्च राख्ने गरेकाले किसानले महँगोमा मल किन्नुपर्ने बाध्यता रही आएको छ । सरकारले किसानलाई ५० किलोको युरियामल प्रतिबोरा रु ९५२, ५० किलोको डिएपी मल प्रतिबोरा रु दुई हजार ३०१, पोटास मल प्रतिबोरा रु एक हजार ६०१ तथा २५ किलोको जैविक मलको प्रतिबोरा रु १५१ मूल्य तोकेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७१