शुक्रबार, बैशाख ७, २०८१

मुक्त कमैयाहरुले थाले बङ्गुर पालन

बेलौरी (कञ्चनपुर), ५ साउन । जिल्लाको दक्षिणी भेग बेलौरी नगरपालिका मुक्त कमैया समूहमा सङ्गठित भई विभिन्न आयमूलक काम गरी लाखौँका मालिक बन्न सफल भएका छन् । बेलौरी नगरपालिका–७ का मुक्त कमैया समूहमा सङ्गठित भई विभिन्न आयमूलक काम गरी लाखौँका मालिक बन्न सफल भएका हुन् । विगत १० वर्षदेखि शोभाताल किनारामा बस्दै आएका मुक्त कमैयासँग सम्पत्तिको नाममा केही थिएन्, अहिले उनीहरू विभिन्न आयमूलक काम गरे बचत गर्न थालेपछि लाखौँका मालिक बन्न सफल भएका छन् । उक्त क्षेत्रमा बसोवास गर्ने २५० मुक्त कमैया परिवारसँग रु एक लाखदेखि ५० लाखसम्म बचत गरेका छन् । मुक्त कमैया प्रदिप चौधरीले सो क्षेत्रमा बसोवास गर्ने मुक्त कमैया विभिन्न आयमूलक काम गरी लाखौँ रुपैयाँ रकम जम्मा गरेको जानकारी दिनुभयो । समूहमा आबद्ध भएपछि उनीहरूले विभिन्न सङ्घ संस्थाको सहयोगमा तथा आफ्नै प्रयासमा बङ्गुरपालन, माछापालन, केराखेती, तरकारीखेती जस्ता काम गरी लाखौँका मालिक बन्न सफल भएका हुन् । माछापालन, केराखेती जस्ता आयमूलक कार्यमात्र होइन, दैनिक ज्यालादारी गर्न पनि उनीहरूसँग समूह छ । ज्यालादारीबाट भने उनीहरूको निजी कमाइ हुने भए पनि काममा पनि समूहमै जाने गरेको मुक्त कमैया राजु रानाले जानकारी दिनुभयो ।
मुक्त कमैयाहरूले श्री कृष्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट सामूहिक रूपमा बङ्गुरपालन गरेका छन् । बङ्गुरपालनका लागि गैरसरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले दुई लाख तथा पशु सेवा कार्यालयबाट दुई लाख र सहकारी संस्थाको आपm्नै लगानी दुई लाख गरी छ लाखमा व्यावसायिक रूपमा सुँगुरपालन व्यवसाय सुरु गरिएको संस्थाका सचिव दीपक चौधरीले जानकारी दिनुभयो । मुक्त कमैयाहरूले करिब १२० फिट लामो ३० कोठे आधुनिक पक्की भवनमा ५० वटा उन्नत जातका बरुबाट बङ्गुरपालन सुरु गरिएको सचिव चौधरीले जानकारी दिनुभयो । मुक्त कमैयाको समूहकै सदस्यहरूलाई पाठाहरूको स्याहारसुसार तथा खानपानको व्यवस्थापन गर्न पनि समिति नै निर्माण गरेका छन् । बङ्गुरमात्रै होइन यहाँका मुक्त कमैयाहरूले शोभातालमा संस्थाबाट नै व्यावसायिक माछापालन पनि गरेका छन् । गत वर्ष माछापालनबाट करिब दुई लाख आम्दानी गर्न सफल भएको समूहका सदस्य राधेश्याम चौधरीले जानकारी दिनुभयो । यस वर्ष पनि उनीहरूले करिब दुई क्विन्टल विभिन्न जातका माछाका भुरा पालन गरिरहेका छन् । उता मुक्त कमैयाका महिलाहरूको संस्थाका साथै परिवारको आर्थिकस्तर वृद्धि गर्नमा निकै ठूलो भूमिका रहेको समूहका सदस्यहरू बताउछन् । मुक्त कमैयाका महिलाहरू घरमै व्यावसायिक तरकारीखेती गरी महिनामा हजाराँै रुपैयाँ कमाउन सफल भएका स्थानीय पशु स्वास्थ्य कार्यकर्ता मोहन चौधरीले जानकारी दिनुभयो ।
मुक्त कमैया शिविरका महिला पनि सङ्गठित भई करिब दुई बिघा जग्गामो करिब रु एक लाखको लागतमा केराखेतीको सुरुवात गरेको सचिव गणेश चौधरीले जानकारी दिनुभयो । समूहमा आबद्ध भई मुक्त कमैयाले एक ट्र्याक्टर, ट्रली, र हैरौ पनि किनेका छन् । ट्र्याक्टर आयमूलक कार्यमा लगाउने गरेका छन् । “पहिले श्रमिक भएका कारण अरूका घरमा कमैया भएर बस्नुप¥यो, त्यहाँ मरीमरी काम गरियो । अब आफ्नै खेतबारी र स्रोत साधनबाट काम गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “समूहमा आबद्ध भएपछि रुपैयाँ पैसाको कुनै समस्या छैन ।’’

प्रकाशित मिति: सोमवार, साउन ५, २०७१