बिहिबार, चैत्र १५, २०८०

मेहनती हिमाली भेगका किसानहरुमा हिमालीले चमक छर्दैछ

trout

जागर हुनेहरुको लागि कृषि कर्म गर्नका लागि समथर र प्रशस्त सुविधा भएको खेतका फा“ट चाहिदैन । इच्छा शक्ति भयो भने जस्तो सुकै काम गर्न सकिन्छ, पैसा कमाउनका लागि विदेश नै जानु पर्दैन आफ्नै मुलुकमा बसेर पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् रसुवाका याङजेन तामाङ् । सानैमा कृषि खेती गरेका याङ्जेनखेतीले मात्र नपुगेपछि पैसा कमाउने लालसामा मलेशिया पुगे तर उनले सोचे अनुसार भएन धेरै दुख र कष्ट बेहोर्नु प¥यो ।
दैनिक १८ घण्टा भन्दा बढी संघर्षका साथ अत्यन्त मुश्किलले काम गर्दै २ बर्ष कटाएर केही रकम जम्मा गरी आफ्नै गाउ“मा फर्केर केही गर्नु पर्दछ भन्ने सोचले नेपाल फर्किए र उनले मलेसियामा कमाएको रकमले जग्गा खरिद गरी त्यही जग्गामा माछा पाल्ने सोच समेत बनाए ।
‘हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको हुन्छ आनन्दी मनले’ लक्ष्मीप्रसाद देवकोटाको कविता सायद उनको कानमा परेको थियो होला र त उनी गाउ“मा फर्किर आफ्नै माटोमा पसिना चुहाएर सिस्नु नै खाए पनि आनन्दका साथ खान हौसिए । उनको हौसला र कामप्रतिको मेहनतलाई हिमालीले अझै उत्कर्षमा पु¥याईदिएको छ ।
रसुवाको चिसो वातावरणमा बढ्दै गईरहेको ट्राउटको मागलाई समेत उनले मध्यनजर गर्दै त्यही ट्राउट माछा पालनतिर आकर्षित भए । उनको साथमा जीवन संगिनीले हरदिन हर रात प्रतिवद्ध भएर सघाईरहिन् । त्यसैले धुन्चेमा उनको यो मेहनत र परिश्रमलाई धेरैले सम्मान गरेका छन् ।
आफूस“ग भएको ६ लाख ६५ हजार ५ सय २२ रुपिया“मा व्यवसाय गरेका उनलाई हिमाली अर्थात उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजनाले थप अनुदान २६ लाख ६२ हजार ८७ रुपैया“ अनुदान दिएपछि उनको यो व्यवसायमा थप उत्साहित हु“दै अझ कडा मेहनत गर्न थालेका छन् । मलेसियाको पीडालाई सम्झ“दै आफ्नै देशका यति आनन्दस“ग काम गर्दा उनको मुहारमा हा“सो चमक देखिन्छ । हिमालीले उनको मुहारमा चमक ल्याईदिएको छ । मेहनती हिमाली भेगका किसानहरुमा हिमालीले चमक छर्दैछ ।
अनुदान पाएपछि उनले यसलाई अझ बृहत्तर रुपमा अगाडि बढाउने सोले साना र ठूला गरी २० वटा पोखरी बनाएर माछा पालन गरिरहेका छन् । यसलाई अझ ठूलो पोखरी बनाउने, पोखरीको संख्या बढाउने र माछा थप गर्दै लैजाने तयारी गरिरहेका छन् ।
अझ उनले माछा फार्मस“गै होलट सञ्चालन गरेर आफूले उत्पादन गरेका माछाको बजारीकरणका लागि सहज बाटो पनि अपनाएका छन् । आफनै घरमा वसेर एकातिर माछा व्यवसाय अर्का तिर होटल सञ्चालन गर्दै गर्दा कमाए पनि राम्रै भएकोमा उनी रसुवा मलेसिया भन्दा बढी कमाई हुने ठाउ“ देखिरहेका छन् । अनि आफ्ना छिमेकी युवाहरुलाई विदेश होइन स्वदेशमा नै सुन फल्छ फलाउन मेहनत गर्न सिकाईरहेका छन् । आफैले गरेर देखाईरहेका छन् । –
हिमालीको सहयोग पछि आफ्नो आम्दानी अझ बढ्दै गएको उनको भनाई छ । बजारका लागि काठमाडौं पुग्दा धेरै समय खर्चिनु पर्ने समस्यालाई तोड्दै चिनको सिमानामा पुगेर माछा विक्री गर्ने गरेको पनि उनको भनाई छ । रसुवामा नै माग बढ्दै गएको छ भने चीनबाट पनि माग बढेकाले आफू उत्पादन बढाउन तिर नै केन्द्रित भएको बताउ“छन् । एक किलो ट्राउट उत्पादन गर्न ६ सय रुपैया“ लाग्ने तर त्यही माछा ८ देखि ११ सय विक्री गर्ने गरेको उनको दावी छ ।
ट्राउट माछा व्यवसाय गरी उत्पादन गर्न सक्ने हो भने अत्यन्तै धेरै नै फाइदा हुने र रसुवाका लागि बजारीकरण गर्न पनि त्यत्ति धेरै गाह्रो नभएको उनको भनाई छ । आफूले गरेको यो व्यवसायबाट आकर्षित भएर नै होला छिमेकीहरु पनि माछा पालन तिर सक्रिय भएका छन् । यसले आफूलाई मात्र होइन आफ्ना परिवारलाई समेत रोजगारीको सृजना गरेको छ । पैसा कमाउने नाममा विदेश जानेहरुका लागि यही नै सुन फल्छ भन्ने चेतना दिन काम पनि उनले गरेका छन् ।
अहिलेसम्म रसुवमा उत्पादन भएका माछाको बजारीकरण गर्न समस्या नभएपनि धेरै माछा उत्पादन गर्दै जाने हो बजारीकारणमा समस्या आउन सक्ने समेत उनको तर्क छ । सुन फलाउन सक्ने आफ्नो देश छोडेर मलेसिया भासिएदाको पीडास“गै आफ्दै देशमा रमाएर माछा व्यवसायी बन्दाको आनन्दा उनमा जति छ अरुमा पनि त्यही जोश र जा“गर बढ्ने हा् भने मुलुकलाई कृषिको वास्तविक मेरुदण्ड बनाउन मद्दत पुग्ने प्रष्ट देखिन्छ । कमला नेपाल

प्रकाशित मिति: आइतवार, साउन ४, २०७१