शुक्रबार, चैत्र १६, २०८०

गोलभेंडा फाल्ने को ?

काठमाडौं,४ श्रावण । गत सोमबार कालीमाटी चोकमा एक्कासी गोलभेंडा फ्याँका फ्याँक भयो । बाटो हिड्ने बटुवाहरु यति महंगो गोलभेंडा फयाँकेको देखेर रमिते बनिहाले । एकैछिन्मा सडकमा भीड जम्मा भयो । गोलभेंडा फयाँक्नेहरु सरकार विरुद्ध नारा लगाउन थाले । लाग्थ्यो कुनै सडक नाटकको पो मञ्चन भईरहेछ । तर त्यहाँ कलाकारले नभएर गोलभेंडा खेती गरिरहेको केही व्यक्तिहरु नाटक नै मञ्चन गरिरहेका थिए । उपभोक्ताहरुले प्रतिकेजी ४०–९० रुपैयाँ भन्दा बढी मूल्यमा गोलभेंडा खाँदा कहिल्यैपनि आन्दोलन गरेनन्, चुपचाप सहेर उपभोग गरिरहें । तर प्लाष्टिक घरबाट गोलभेंडा उत्पादन गर्ने किसानका नाममा केही गोलभेंडा उत्पादनमा लागेका व्यक्तिहरुले एकाएक आफूहरुले मूल्य नपाएको भन्दै गोलभेंगा सडकमा हुर्रयाउनु कति जायज होला त?
News photoतर कुरो अर्कै छ रहेछ । टनेल व्यवसायी संघर्ष समितिका नामबाट आन्दोलनको नाईके बनेका मह (नाम परिवर्तनको तयारीमा रहको) एग्रिकल्चरमा संलग्न रहेका खोजराज कट्वालले गोलभेंडाको मूल्य नपाएको भन्दै आन्दोलन गरेर आफ्ना विगतका कर्तुत लुकाउने प्रयास गरेका रहेछन् । गोलभेंडा खेती गरिरहेका किसानहरुले लागत मूल्य नपाएको भए कृषि विभाग हुँदै मन्त्रालयसम्म ध्यानाकर्षण गराउँदै आन्दोलनमा उत्रिनु पर्नेमा एक्कासी सडकमा गोलभेंडा फ्याक्नुमा कुनै रहस्य लुकेको छ ।
विगतमा युनिटी समूहसँग जोडिएका कट्वाल मह जोडीसँग रहेर जोगिने प्रयास गरेपछि मह एग्रिकल्चरबाट पाखा लाग्ने संकेत देखेपछि मात्र नभई युवा स्वरोजगारबाट लिएको ऋण मिनाहा गराउने अभियानमा गोलभेंडा नाईके बन्न खोजेको आशंका इजरायलमा रहँदा कट्वालबाट ठगिएकाहरुले नै बताउन थालेका छन् । उनलाई साथ दिन अर्का व्यापारी नेता तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष समेत लागेको देखिएको छ । आफ्ना काला कर्तुत लुकाउने र इजराली प्रविधिका नामबाट भारतको सामानलाई इजरायल भन्दै बेच्न पल्किएका खोजराज कट्वाल एकाएका गोलभेंडामा लागत मूल्य आएन भन्दै सडकमा उत्रनु र अधिकांश वास्तविक टनेल व्यवसायीहरु यो आन्दोलनको विपक्षमा रहनुलाई शंकास्पद दृष्टिकोणले हेरिन थालिएको छ ।
मन्त्रालयले फालिएको गोलभेंडामा बिषादी प्रयोग भएको आशंका व्यक्त गरेको भोलीपल्टै कृषि मन्त्रीलाई गोलभेंडाको माला लगाउन पुग्ने गोलभेंडा आन्दोलनका नाईके खोजराज कट्वालले कृषि सचिव विरुद्ध विष बमन गर्दै कृषि मन्त्रीलाई जसरी ३ दिने अल्टिमेटममा तरकारी ठप्प पार्ने धम्की दिएका थिए । त्यो तीन दिन होइन ५ दिन वितिसक्दा पनि कुनै लछारपाटो लगाउन भने सकेका छैनन् । अन्य टनेल व्यवसायमा संलग्न हुनेहरुलाई गुमराहमा राखेर तीन दिने अल्टिमेटम दिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने युनिटीका ठगी प्रकरणमा समेत मुछिएका कट्वाल र उसले इजरायल प्रविधिका नाममा गरेको ठगी धन्दाको फर्दाफास गर्नु आवश्यक छ ।

प्रकाशित मिति: आइतवार, साउन ४, २०७१