शनिबार, बैशाख १, २०८१

कृषि अनुसन्धानमा मौलाउँदै भ्रष्टाचारको जालो

काठमाडौँ, ४ श्रावण । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषि अनुसन्धानमा आफूलाई क्रियाशील गराएर आम किसानाहरुलाई नयाँ नयाँ जातका बीउ विजन प्रमाणित गर्दै गाउँसम्म पु¥याउने पर्ने हो । सवैले यही नै सोचेका पनि छन् । तर, नार्क भित्र किसानका लागि कृषि अनुसन्धान होइन सरकारले छुट्याएको बजेट कुन कुन शीर्षकमा कसरी झ्वाम पार्न सकिन्छ भन्नेमा नै त्यहाँ कार्यरत कर्मचारी लागेपछि कृषिको विकास कसरी होला ?
narc_logo.कृषिलाई आधुनिकीकरण गर्नका लागि नार्कमा कार्यरत बैज्ञानिक एवं कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने भएको पनि राज्यले दिएको जिम्मेवारी भन्दा कमाउ धन्दामा लाग्नु पक्कै पनि दुखद् कुरा हो । भ्रष्टाचारमा संलग्न यसका प्रमुख नाइके नविन प्रकाश पौडेल, बाबुराम पौडेल, बीरेन्द्र खड्का र कृष्णचन्द्र उप्रेति भएको स्रोतका दावी छ ।
नार्कमा विगत दुई बर्षदेखि सांगठनिक रुपमा भ्रष्टाचारको जालो मौलाउँदै आइरहेको प्रमाण कृषिलाई फेला परेको छ । त्यही जालो भित्र रहेका सदस्यहरुले कृषि विकासका लागि भन्दा पनि मातहतमा रहेको ५८ वटै कार्यालयबाट केही व्यक्तिहरुको निर्देशन र अगुवाईमा भ्रष्टाचार र खुलेआम अनियमितता भईरहेको छ । नार्कभित्रको मौलाउँदो भ्रष्टाचार नरोकिए कृषि अनुसन्धान परिषद् नाममा मात्र सिमित नहोला भन्न सकिँदैन ।

प्रकाशित मिति: आइतवार, साउन ४, २०७१