बिहिबार, बैशाख १३, २०८१

१३ हजार फलफूलका बिरुवा वितरण

जाजरकोट, २ साउन । जिल्ला कृषि विकास कार्यालय जाजरकोटले विभिन्न फलफूलका बिरुवा वितरण गरेको छ । कार्यालयले जिल्लाका विभिन्न छ ठाउँमा रहेका सेवा केन्द्रमार्फत १३ हजार फलफूलका बिरुवा वितरण गरेको हो । दल्ली, लिम्सा, टालेगाउँ, दशेरा, कार्कीगाउँ, जगतीपुर सेवा केन्द्रमार्फत किसानलाई विभिन्न जातका बिरुवा वितरण गरिएको छ । एक हजार ८०० वटा आँप, ७०० अनार, ५०० जुनार, छ हजार ६०० कागती, दुई हजार ८०० सुन्तलाका बिरुवा वितरण गरिएको छ । आँप, अङ्गुर, जुनार, अनार नेपालगन्जबाट खरिद गरेर ल्याइएको हो भने कागती र सुन्तला स्थानीय जाजरकोटकै नर्सरीबाट खरिद गरिएको हो । पछिल्लो चरणमा जाजरकोटमा फलफूलको बिरुवाको माग किसानहरूमाझ अत्यधिक बढेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७१