बुधबार, बैशाख १२, २०८१

रसुवामा धान उत्पादनमा कमी आउने

धुन्चे, २ श्रावण । रसुवा जिल्लामा माथिल्लो वेल्टमा करिव ९० प्रतिशत तथा तल्लो वेल्टमा ३० देखि ३५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाई सकिएको छ ।
जिल्लामा धान उत्पादन घट्नुमा जलवायु परिवर्ततन, सिंचाइको अभाव, धान उत्पादनका लागि गराको आकार सानो हुनु प्रमुख देखिन्छ । भौगोलिक हिसावले रसुवामा धान खेतीको लागि उर्पयुक्त वातावरण नभएकाले धान खेती कमै मात्र गर्नेे गरिएको छ । ६ सय २२ हेक्टर खेतीको लागि आकासे पानीको भर पर्नुपरेको छ । गत वर्ष रसुवामा ३३.४९ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष वर्षात ढिलाई भएकाले ८ देखि १० प्रतिशतले धान उत्पादनमा कमि आउने जिल्ला कृषि विकास कार्यलय रसुवाका योजना अधिकृत मदन रेग्मीले जानकारी गराउनुभयो ।
रसुवा जिल्लामा खाद्यान्न वाहिरबाट नै आयात गर्नुपर्ने वाध्यता रहेको समेत रहेको छ । जिल्लाको केही स्थानमा धान उत्पादन हुने गरेको छ भने प्रमुख धान उत्पादन हुने गाविसहरूमा लहरेपौवा, भोर्ले, धैबुङ ,यार्सा, सरमथली, गोल्जुङ, चिलिमे लगायत पर्दछन । रसुवा जिल्लामा ४ किसिमको धानको उत्पादन गरिदै आएको छ । ती हुन खुमलचार, खुमलचार १०, चाइनुङ २४२ र मकवानपुर १ रहेको छ । खुमलचार, खुमलचार १०, मकवानपुर १ लहरेपौवा, भोर्ले, धैबुङ गाविसमा उत्पादन हुन्छ भने गोल्जुङ, चिलिमेमा चाइनुङ २४२ को उत्पादन हुने गर्दछ । -हिमनाथ देवकोटा

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७१