शुक्रबार, चैत्र १६, २०८०

किसानलाई पावर टिलर खरिदमा १४ लाख ७५ हजार अनुदान

गोरखा, २ साउन । जिल्ला कृषि विकास कार्यालय गोरखाले किसानलाई पावर टिलर र ट्याक्टर खरिदमा १४ लाख ७५ हजार अनुदान वितरण गरेको छ । किसानको ५० प्रतिशत र कार्यालयको ५० प्रतिशत अनुदानमा जिल्लामा १७ पावर टिलर र दुईवटा ट्याक्टर ल्याइएको हो । सामूहिक कृषि उत्पादन सहकारी संस्था, अमर ज्योतिल महिला कृषक समूह, सगरमाथा महिला दलित कृषक समूह, जनकल्याण ताजा तरकारी उत्पादन सहकारी संस्था, लोककल्याण कृषि सहकारी संस्था घ्याल्चोक, जागृति बीज वृद्धि कृषि समूह गाइखुर, अन्नपूर्ण कृषक समूह गोनपा–९, उद्यमशील कृषक सहकारी संस्था बोर्लाङ, दरौँदी लिफ् सिँचाइ कृषक समूह गोनपा–११, महादेवटार कृषक समूह गोनपा–९, सुभेच्छा कृषक समूह बुङ्कोट–४, जन प्रगतिशील उपभोक्ता सहकारी संस्था ताप्ले, झल्लाभुमे कृषि समूह सिम्जुङ–४, चेतना जागृति सहकारी संस्था छोप्राक, लाकुरीबोट तरकारी कृषक समूह ताकुमाझ लाकुरीबोट, हर्मी कृषक समूह हर्मीले पावर टिलरमा अनुदान पाएका हुन् ।    यसैगरी कल्धेरी खेत सिँचाइ जल उपभोक्ता समिति मनकामना र धर्मावती कृषक समूह मसेलले ट्याक्टर खरिदमा दुई लाख ५० हजार अनुदान पाएका जिल्ला कृषि विकास कार्यालय गोरखाका कृषि प्रचार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिनुभयो । -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७१