शुक्रबार, बैशाख ७, २०८१

किसानलाई निशुल्क रूपमा प्राविधिक सहयोग

रसुवा, २ साउन । घरेलु तथा साना उद्योग विकास समिति रसुवाले धुन्चे ३ बोकेझुण्डाका १३ जना किसानलाई निशुल्क रूपमा प्राविधिक सहयोग गरेको छ ।
दिगो उद्यम तथा वातावरण विकास समाज (सिड्स) रसुवाले सञ्चालन गरेको सात दिने कुखुरापालन तालिम प्राप्त गरेका नया उद्यम गर्न चाहाने उद्यमीहरूलाई कुखुरा पालनका लागि आवश्यक पर्ने सामाग्रीहरू निशुल्क वितरण गरिएको हो । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्र्तगत सञ्चालन गरिएको तालिमबाट उनीहरू स्वरोजगार बन्ने विश्वास गरिएको छ ।
जिल्लामा हाल कुखुराको मासुको माग बढ्दै गएको अवस्थामा बाहिरबाट आयात गर्नुपर्ने वाध्यताको अन्त्य गरि स्थानीय समुदायलाई स्वरोजगार वनाउनका लागि तालिम आयोजना गरि आवश्यक सामाग्री वितरण गरिएको सिड्स रसुवाका अध्यक्ष रमेश कुमार लामिछाने वताउनुभयो ।
उहाँले त्यही क्षेत्र किन रोज्नु भयो भन्ने प्रश्नको जवाफमा स्थानीय स्रोत, साधन, वजारको माग, र व्यवसायीको चाहाना अनुसार कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभयो ।
घरेलु तथा साना उद्योग विकास समिति रसुवाकी वरिष्ठ उद्योग अधिकृत कल्पना शर्माले कार्यक्रम तालिम सञ्चालन र सामाग्री वितरणमा मात्र सिमित नहुने वताउनुहुदै, उहाले व्यवसायीका लागि आवश्यक पर्न विभिन्न तालिम, प्राविधिक सेवा तथा उनिहरूमा आउन सक्ने विभिन्न समस्याको समाधान गर्न हरपल तयार रहने वताउनुभयो ।
रसुवामा दानाको समस्या रहेको छ नि भन्ने प्रश्नमा उहाले, दाना उद्योग स्थापना गर्न ठुलो लगानी गर्नुपर्ने हुदा यसको वैकल्पिक उपायका लागि कुखरा पालन व्यवसायी र दाना व्यवसायी विच समन्वय गराइएको हुदा दाना ल्याउन सहज हुने वताउनुभयो ।
नाङबोकुना डुप्चेश्वरी कुखुरापालन कृषक समुहकी कोषाध्यक्ष जेनजेन लामाले पहिले आफुसँग व्यवसाय सम्वन्धी कुनै ज्ञान नभएको र तालिम पश्चात कुखुरापालन गर्न लागेको वताउनुभयो ।
अर्का व्यवसायी विश्व कुमार घलेले सामाग्री वितरण गरेर मात्र नहुने हुदा यसको प्रभावकारीताको लागि व्यवसायीलाई विभन्न स्थानमा अवलोकन भ्रमण, नियमित रूपमा औसधीको व्यवस्था गर्नु पर्नका जोड दिनुभयो ।
घरेलु तथा साना उद्योग विकास समिति रसुवाले साना उद्योग स्थापना गर्न, गरिवीको रेखामूनि रहेका तथा उद्यम गर्न चाहानेहरूका लागि आर्थिक एंव प्राविधिक सहयोग उपलव्ध गराउदै आएको छ । –हिमनाथ देवकोटा

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७१