शुक्रबार, चैत्र १६, २०८०

युवा लक्ष्यित कार्यक्रमले कृषक तरकारीखेतीतर्फ आकर्षित

चितवन, ३२ असार । चितवनका कृषक तरकारीखेतीतर्फ आकर्षित हु“दै गएका छन् । सरकारले युवा लक्ष्यित तरकारी उत्पादन कार्यक्रम सञ्चालन गरेपछि तरकारीखेतीतर्फ लाग्ने कृषकको सङ्ख्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । कार्यक्रम सञ्चालनपछि चितवनमा ४७ बिघा १७ कट्ठा क्षेत्रफलमा तरकारीखेती विस्तार भएको जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत सन्तोषराज पौडेलले बताउनुभयो । तरकारीखेती विस्तारका लागि कार्यालयले ४५ जना कृषकलाई ६० हजारका दरले रु २७ लाख अनुदान उपलब्ध गराई उन्नत प्रविधिबारे तालिमसमेत दिएको थियो । चितवनमा अहिले छ हजार २५७ हेक्टर क्षेत्रफलमा तरकारीखेती भइरहेको छ । त्यस्तै, कार्यालयले व्यावसायिक तरकारीखेती गर्ने कृषकलाई प्लास्टिक घर निर्माणमा ५० प्रतिशत अनुदान दिएको कार्यालय प्रमुख राजाराम अधिकारीले जानकारी दिनुभयो । -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, असार ३२, २०७१