काठमाडौं, ३२ असार । सिंचाईको अभाव खेपिरेका किसानहरुलाई व्यवस्थित सतह सिंचाई मार्फत कृषि उत्पादन बृद्धि गराउन सहज बनाउनका लागि विश्व वैंकको अनुदानमा सञ्चालन भएको सिंचाई तथा जलश्रोत व्यवस्थापन आयोजना सम्भाग ‘डि’ एवं एकीकृत बाली तथा जल व्यवस्थापन कार्यक्रमले ४४ जिल्लाहरुमा साना तथा मझौला सतह तथा भूमिगत सिंचाई सञ्चालन गरिरहेको बताइएको छ ।
आयोजना प्रमुख लक्ष्मण पौडेलका अनुसार शुरुमा १६८ कृषक समूहरुलाई व्यवस्थित सिंचाई प्रणाली मार्फत २६ हजार ३ सय ९२ हेक्टर भूमिगत सिंचाई मार्फत २१ हजार हेक्टर जमिनमा सिंचाई पु¥याईरहेको बताउनु भएको छ ।
पौडेलले कृषि अनलाईनसँग कुरा गर्दै आकाशेखेतीमा भरपरी सिंचाई अभावकाले कृषि उत्पादन गर्न नसकिरहेका किसानहरुलाई यसले धेरै मद्दत पु¥याईरहेको बताउनु भयो । साथै आयोजना मार्फत पूर्वाञ्चल र मध्यमाञ्चलमा निर्माण सम्पन्न गरी सञ्चालनमा आएका ठूला सिंचाई आयोजनाहरुको ६१ हजार हेक्टर जमिनको व्यवस्थापन कृषक समूहरुलाई हस्तान्तरण गरिसकेको समेत बताउनु भयो ।
४४ जिल्लामा व्यवस्थित सिंचाई सुविधा बढ्दै

Add Comment