शनिबार, जेष्ठ १२, २०८१

बाढीले धानबालीमा क्षति

चितवन, ३२ असार । लगातारको वर्षापछि आएको बाढीले पश्चिम चितवनको माडीमा ३०० बिघा क्षेत्रफलमा लगाएको धान बालीमा क्षति पु¥याएको छ । मुगई खोलामा आएको बाढीले बघौडा र गर्दी गाविसमा लगाएको धानबालीमा क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । माडी क्षेत्रमा बाढीले धानखेती नष्ट गरे पनि जिल्लाको अन्य ठाउँमा पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन सकेको छैन । असार महिनाको अन्त्य हुन लाग्दा चितवनमा ४० प्रतिशतमात्र रोपाइँ भएको छ । पूर्वी क्षेत्रमा रोपाइँ बढी मात्रामा भएपनि पश्चिम क्षेत्रमा रोपाइँ हुन नसकेको कार्यालयले जनाएको छ । चितवनमा खेतीयोग्य जमिन ४६ हजार ८९४ भएपनि ४४ हजार २९१ क्षेत्रफलमा मात्र खेती हुने गरेको कार्यालय प्रमुख राजाराम अधिकारीले जानकारी दिनुभयो । धानखेती हुने १२३ हेक्टर क्षेत्रफलमा केराखेती र मत्स्यपालन हँुदैआएको कार्यालयले जनाएको छ । गत वर्ष चितवनमा २९ हजार ५५० क्षेत्रफलमा धानखेती भएको थियो । -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, असार ३२, २०७१