बिहिबार, बैशाख ६, २०८१

कृषिमा युवा लक्षित बजेट

काठमाडौं, ३० । आ.व. २०७१/ ७२ का लागि ल्याएको बजेटले नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या २० लाखभन्दा बढी रहेको भन्दै नेपालमा नै कृषि क्षेत्रमा संलग्न गराउने सो अनुरुपम बजेट युवामय बनेको छ । सरकारले कानुनी रुपले वैदेशिक रोजगारमा जान १०८ मुलुकलाई कानुनी मान्यता प्रदान गरेको भए भारत र गैरकानुनीरुपले अन्य मुलुकमा जाने युवाको सङ्ख्या पनि उत्तिकै रहेकाले ती युवाहलाई स्वेदशमा नै कृषि उपज उत्पादनमा लगाउने बजेटले विशेष व्यवस्था गरेको हो ।
युवा वर्गले वैदेशिक रोजगारबाट पठाइएको विप्रेषणबाट मुलुकको दिगो कृषि विकास हासिल हुन नसक्ने भएकाले युवा वर्गलाई जसरी भए पनि कृषिमा आकर्षण गर्न सरकारले गाईभंैसी पैठारी तथा ढुवानी गर्ने साधन, मिल्की मेसिन खरिद, चिया तथा कफी उद्योग सञ्चालनका लागि उपयोग हुने यन्त्र खरिद र नश्ल सुधारयुक्त बाच्छी उत्पादनका लागि ५० प्रतिशत छुटको व्यवस्था बजेटले गरेको छ ।
युवावर्गलाई कृषि उत्पादनमा आकर्षण गर्न सरकारले यस वर्ष रु दुई अर्बको बजेट विनियोजन गरेको सरकारले हिजो सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

प्रकाशित मिति: सोमवार, असार ३०, २०७१