आइतवार, फाल्गुन २०, २०८०

म्याग्दीमा पशुपक्षी सङ्कलन केन्द्र स्थापना

बाबियाचौर (म्याग्दी), ३० असार । जिल्लाको उत्तरी क्षेत्र भुरुङ तातोपानी–८ ठूलो बगरमा पशुपक्षी सङ्कलन केन्द्र स्थापना गरिएको छ ।

स्थानीयस्तरमा उत्पादित पशुजन्य वस्तुको बजारीकरण गर्ने उद्देश्यले बृहत्तर रुप्से बाख्रापालक सहकारी संस्थाले जिल्लामै पहिलोपटक भुरुङ तातोपानीमा पशुपक्षी सङ्कलन केन्द्र स्थापना गरिएको हो । जिल्ला पशुसेवा कार्यालयको प्राविधिक सहयोगमा पशु सेवा कार्यालयको रु चार लाख ७५ हजार र बाँकी सहकारी एवम् श्रमदानसमेत गरी रु पाँच लाख ९१ लगानीमा स्थापित सङ्कलन केन्द्र भवनको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी र स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले हिजो उद्घाटन गर्नुभयो ।
स्थानीयस्तरमा उत्पादित खसी, बोका, भँेडा, बाख्रा, कुखुरा, राँगालगायत मासुजन्य पशुपक्षी सङ्कलन गर्न स्थापित केन्द्रमार्फत पशुपक्षीलाई बजारसम्म पु¥याउने लक्ष्य राखिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईंले जानकारी दिनुभयो ।
पशुपक्षीलाई केन्द्रमार्फत बिक्री गर्दा उचित मूल्य पाउने र कृषकको समय एवम् श्रम बचत हुने रुप्से बृहत्तर बाख्रापालक सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर पाइजाले बताउनुभयो ।
अनुकूलताअनुसार साप्ताहित, पाक्षिक एवम् मासिक रूपमा उपभोक्ता, व्यापारी र उत्पादकको प्रत्यक्ष सहभागितामा केन्द्रमार्फत पशुपक्षीको खरिद–बिक्रीको व्यवस्था मिलाइने सहकारीले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, असार ३०, २०७१