काठमाडौं, ३० असार । काठमाडौं उपत्यकाभित्र व्यवसायिक रुपमा टनेल प्रविधिबाट व्यवसायिक तरकारी खेती गरिरहेका युवा किसानहरुले आफूले उत्पादन गरेको गोलभेंडा लगायतका कृषि उपजको लागत मूल्य समेत नपाएको भन्दै आज विहान कालीमाटी तरकारी तथा फलफूल बजार अगाडि धर्ना दिएका छन् ।
काठमाडौंको कालीमाटी तरकारी बजार अगाडिको मुख्य चोकमा आफूहरुले उत्पादन गरेको गोलभेंडा सडकमा पोखेर सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।
नेपाल टनेल तरकारी व्यवसायी संघर्ष समितिको नामबाट गरिएको सो आन्दोलन कृषि व्यवसायी, किसानहरुको समेत सहभागीता रहेको थियो । आन्दोलनमा उत्रिएका किसानहरुले सरकारले गोलभेंडा लगायत तरकारीको मूल्य निर्धारण गर्न माग समेत गरेका थिए । साथै भारतमा उत्पादित गोलभेंगा सहज रुपमा नेपाल भित्रिएको प्रति आक्रोश व्यक्त गर्दै नेपालमा उत्पादिन गोलभेंडा भारत निकासी गर्न रोक लगाएकाले त्यसलाई सहज गराउन सरकारसँग माग समेत गरेका छन् ।
गोलभेंडा उत्पादनमा सक्रिय रहेका करीव २०० भन्दा बढी टनेल व्यवसायीहरुले आधा घण्टा भन्दा बढी सडक अवरुद्ध पारेको थिए । टनेल व्यवसायी चिरञ्चिवी खड्काका अनुसार सरकारले आफ्नो माग प्रति वेवास्ता गरे सिंहदरबार घेराउ गर्ने समेत बताएका छन् । आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई प्रहरीले हस्तक्षेप समेत गरेको छ ।
टनेल व्यवसायीहरुले गोलभेंडा फ्याँके

Add Comment