मङ्लबार, जेष्ठ १५, २०८१

सिंचाईका लागि १८ अर्व

काठमाडौं, २९ असार । यतिखेर संविधानसभा भवनबाट अर्थमन्त्री रामशरण महतले आर्थिक बर्ष २०७१÷७२ का लागि संसदमा बजेट प्रस्तुत गरिरहनु भएको छ । बजेट गर्ने क्रममा यस आवमा किसानहरुलाई सिचाई सुविधा उपलब्ध गराउने सोच अनुरुप १८ अर्व बजेट बिनियोजन गरिएको छ ।
असार मसान्तसम्म पनि सिंचाईको अभावका कारण धान रोप्न नपाएका किसानहरुलाई यो बजेटले केही राहत उपलब्ध गराएको छ । बजेटले सिंचाई सुविधाका लागि १८ अर्व रुपैयाँ बजेट विनियोजन गरेको भएपनि त्यो बजेट तल्लो तहसम्म पु¥याउनका लागि सरकारले कडाई गर्नु आवश्यक छ ।

प्रकाशित मिति: आइतवार, असार २९, २०७१