शनिबार, बैशाख १, २०८१

एक गाउँ एक उत्पादन प्राथमिकतामा

काठमाडौं, २९ असार । अर्थमन्त्री रामशरण महतले आर्थिक बर्ष २०७१÷७२ का लागि संसदमा बजेट प्रस्तुत गर्दै कृषि उत्पादन बृद्धि गर्नका लागि हाल सञ्चालनमा आईरहेको एक गाउँ एक उत्पादन कार्यक्रमलाई अझ सशक्त प्रभावकारी बनाइने घोषणा गर्नु भएको छ । पछिल्लो समयमा एक गाउँ एक उत्पादन प्रति किसानहरु आकर्षित भईरहेका परिप्रेक्ष्यमा बजेटले एक गाउँ एक उत्पादन सम्वोधन गरेपछि किसानहरुलाई राहत ठूलो राहत मिलेको छ ।

प्रकाशित मिति: आइतवार, असार २९, २०७१