शनिबार, बैशाख ८, २०८१

फलफूलका विरूवा वितरण गर्ने कार्यमा तिव्रता

धुन्चे, २७ असार । रसुवा–जिल्ला भूसंरक्षण कार्यलय रसुवाले जिल्लाको विभिन्न स्थानमा विरूवा वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ । विपन्न वर्गका लागि आयमुलक कार्यक्रम अन्तर्गत फलफुल, कागती अम्रिसो, आ“प लगायतको विरूवा वितरण गरिएको जिल्ला भूसंरक्षण कार्यालय रसुवाले जनाएको छ । कार्यलयले हालसम्म राम्चेको पहिरोमा ५ हजार ५ सय अम्रिसोको राईजुम रोप्नुका साथै जिल्लाको अन्य क्षेत्रका पनि १२ हजार १ सय अम्रिसोको राईजुम वितरण गरेको जनाएको छ ।
त्यसैगरी सल्ला र अन्य जातका १५ सय विरूवा रोपी सकिएकोे जिल्ला भूसंरक्षण अधिकृत कृष्ण प्रसाद पौडेलले वताउनुभयो । उहाले भूसंरक्षण सम्बन्धी विभिन्न संरक्षणमुलक कार्य गर्दै आएको वताउनुहुदै नाङगा डाँडा पाखाहरू ,पानी मुहान तथा कुलो संरक्षणका लागि जिल्लाको विभिन्न स्थानमा विरूवा वितरण गर्नुका साथै वृक्षारोपण गर्ने कार्य समेत गरिरहेको जानकारी गराउनुभयो । सहायक जिल्ला भूसंरक्षण अधिकृत केशव चन्द्रलाल दासका अनुसार कार्यलयबाट आ.व ०७०÷७१ मा जिल्लाको धैबुङ, भोर्ले, लहरेपौवा र ठुलोगाउ गाविसमा १७ सय आम्रपाली जातको आपको विरूवा तथा जिल्लाको सम्पूर्ण गाविसको लागि ११ सय ओटा कागतीको विरूवा वितरण गरिएको छ । पहिरेवशींको नर्सरीबाट चाप, सिसौ सहित १५ हजार विरूवा वितरण गरि सकिएको र कार्यलयको नर्सरीबाट विरूवा वितरण गर्ने कार्य जारी रहेकोे अधिकृत पौडेलले जानकारी दिनुभयो ।                              – हिमनाथ देवकोटा

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७१