शनिबार, बैशाख ८, २०८१

फर्सीको मुण्टामा समेत बिषादी प्रयोग

काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, फर्सीको मुण्टामा समेत बिषादी प्रयोग गरिएको छ भन्ने कुरा । तर यो सत्य सावित भएको छ । फर्सीको मुण्टामा समेत बिषादी प्रयोग भएको प्रमाण कालीमाटी फलफूल तथा तरकारी बजारमा विक्रीका लागि तयार गरिएको फर्सीको मुण्टालाई सोही ठाउमा बाली संरक्षण निर्देशनालयले शुरुवात गरेको बिषादी विश्लेषण प्रयोगशालाले परीक्षण पश्चात कृषि विकास मन्त्रालयमा पठाएको रिपोर्टले प्रमाणित गरेको छ ।
pumpkin leaves 1बाली संरक्षण निर्देशनालयको अगुवाईमा कालीमाटी बजार भित्र बिषादी जा“चका लागि राखिएको प्रयोगशालाले बजार भित्र विक्रीका लागि ल्याउने तरकारी तथा फलफूलमा बिषादीको मात्रा चेकजा“च गरेपछि मात्र विक्री गर्ने प्रावधान राखेपछि फर्सीको मुण्टामा समेत बिषादी प्रयोग भएको पाइएको हो । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक बिषादीको प्रयोग किसानहरुले बढी भन्दा बढी हरिया तरकारीमा गर्ने गरेका गुनासा आएपछि मुख्य सचिवकै पहलमा यसको शुरुवात भएको थियो ।
हरिया तरकारीमा बिषादीको प्रयोग हुने भएकाले फर्सीको मुण्टामा आकर्षित भएका उपभोक्ताहरुलाई यो घटनाले त्रसित तुल्याएको छ । फर्सीको मुण्टास“गै भारतबाट आयात गरिएको आलुमा ९० प्रतिशत घातक बिषादी प्रयोग भएको प्रयोगशालाले ठहर गरेपछि मुख्य सचिव लीलामणि पौडेलले कालीमाटी बजारमा बेच्न ल्याएका हरिया तरकारीमा खान अयोग्य ठह¥याइएका तरकारी पूर्ण रुपमा नष्ट गर्न कृषि विभाग मार्फत सम्वन्धित निकायलाई निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७१