शुक्रबार, चैत्र १६, २०८०

बर्दियामा मौरीपालन व्यवसाय उपयुक्त ठाउँ

गुलरिया (बर्दिया), २४ असार । बाघमारे–५ दाङका व्यावसायिक कृषक शशिराम खड्का ८५ घार मौरी लिई बर्दियाको जैविकमार्ग सूर्यपटुवा गाविसको स्त्थर बोझीस्थित खाता संरक्षित वनमा आउनुभएको छ । मौरी पाल्नका लागि पकेट क्षेत्रका रूपमा चिनिने दाङ जिल्लामा कात्तिक र मङ्सिर महिनामा मौरीका लागि तोरी र चिउरीको फूल प्रशस्तमात्रामा भएतापनि त्यसपछि भने क्रमशः मौरीका लागि चाहिने आहारामा कमी हुने भएकाले अन्य जिल्लामा मौरी चराउँदै हिँड्नुपर्ने बाध्यता रहको उहाँ बताउनुहुन्छ । यसअघि उहाँ मौरी लिएर कपिलवस्तु जानुभएको थियो । छ वर्षदेखि व्यावसायिकरूपमा मौरीपालन गर्दै आएका कृषक खड्काले मेलीफेरा जातका मौरीपालन गर्नुभएको छ । उहाँ मौरी लिएर बर्दियामा पहिलोपटक आउनुभएको हो ।
फागुन महिनातिर बर्दियामा रुधिलो फुलेको र सिसौ पनि फुल्नेक्रम जारी रहेकाले मौरीलाई चाहिने आहारा प्रशस्त रहको छ । सुरुमा रुधिलोको फूलबाट सङ्कलित मह निकालेपछि सिसौलगायत अन्य फूलबाट सङ्कलित मह निकालिने उहाँको भनाइ छ । अन्य क्षेत्रभन्दा रुधिलो, सिसौ, प्रशस्तमात्रामा पाइने भएको बर्दिया जिल्ला मौरी चराउन राम्रो रहेको उहाँ बताउनुभएको छ । बोटबिरुवाका फूलबाट उत्पादित मह स्वास्थ्यवद्र्धक हुने भएकाले ग्राहकले बढी रुचाउने गर्दछन् । मौरी चराउन ल्याउने क्रममा ट्रकमा खाँदिएर अक्सिजनको कमीले २२ घार मौरी मरेको बताउँदै उहाँले सरकारले यस्तो अवस्थामा क्षतिपूर्ति दिएमा साना कृषि व्यवसायीलाई राहत पुग्ने बताउनुभयो ।    -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७१