शुक्रबार, बैशाख ७, २०८१

खुम्जुङमा तिब्बतबाट ३० वटा याक/नाक ल्याइयो

सोलुखुम्बु, २४ असार । नेपालको एकमात्र याक विकास फार्म, स्याङ्बोचे खुम्जुङले तिब्बतको ल्हासाबाट नश्ल सुधारको लागि ३० वटा याक तथा नाकगाई ल्याएको छ । ल्हासामा रहेको याक ब्रिडिङ फार्म अफ लिन्जो काउण्टीबाट खरिद गरिएका पाँच वटा याक र २५ वटा नाकगाई आज खुम्जुङको लुङ्देमा ल्याइपु¥याएको याक विकास फार्म स्याङ्बोचेका कर्मचारी ललन यादवले जानकारी दिनुभयो । ती याक तथा नाकगाईलाई भोलि रेञ्जोला पास गराई जोङ्लास्थित याक विकास फार्म स्याङ्बोचेको घुम्ती गोठमा पु¥याइने छ । ती याक तथा नाक छ हजार १०० मिटर उचाइमा रहेको नाङपाला पास पार गराएर ल्याइएको हो । तिब्बतको फार्मसँग तीन वर्षअघि भएको सम्झौताबमोजिम प्रतिगोटा १० हजार युयानका दरले खरिद गरी ती नाक तथा याक ल्याइएको हो । ती नाक तथा याक लिन याक विकास फार्मका पाँच जना कर्मचारी र १६ जना शेर्पा सहयोगी असार १० गते तिब्बत गएका थिए । गत २० गते सीमा पार गराई ती याक तथा नाक नेपाली टोलीले जिम्मा लिएको थियो । टोलीले उचाइमा ग्लासिएर, खर्पस, बाटो भत्किएको जस्ता समस्याका कारण बाटो मर्मत गर्दै याक तथा नाक नेपाल ल्याइपु¥याएको हो ।
ती याक तथा नाक गाई खरिदका लागि नेपाल सरकार र चीन सरकारबीच उच्च पहाड कृषि व्यवसाय जीविकोपार्जन सुधार कार्यक्रमका लागि सम्झौता भएको थियो । यस पटक तिब्बतबाट ल्याइएका समेत गरी अब याक विकास फार्म नाम्चेमा याक÷नाकको सङ्ख्या ११५ पुगेको छ । विसं २०३० वैशाख ७ गते स्थापना भएको सो फार्ममा पहिलो पटक स्थापना भएकै वर्ष तिब्बतबाट २८ वटा नाक÷याक ल्याइएको थियो । याक तथा नाकको संरक्षण तथा संवद्र्धनका लागि उच्च हिमाली क्षेत्रमा स्थापना गरिएको सो याक विकास फार्म नेपालको एकमात्र याक विकास फार्म हो । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७१