शुक्रबार, बैशाख ७, २०८१

कृषि पत्रकारहरुको रसुवा भ्रमण सम्पन्न

काठमाडौं २४, असार । कृषि विकास मन्त्रालय, पशु सेवा विभाग मातहतमा सञ्चालित हिमाली आयोजनाले रसुवा जिल्लामा सञ्चालन गरेका उपआयोजाहरुको काठमाडौंबाट रसुवा पुगेका एक दर्जनभन्दा बढी सञ्चारकर्मी एवं जिल्लामा कार्यरत सञ्चारकर्मीहरुको समेत सहभागीगतमा ती उपआयोजनाहरुको स्थलगत निरीक्षण भएको छ ।
जिल्लामा सञ्चालनमा आएका रेम्बो ट्राउट, चिराईतो, गाईपालन फार्म, बाख्रा पालन फार्म, चिज उत्पादन केन्द्र, चौरी फार्महरुको सञ्चारकर्मीहरुद्धारा निरीक्षण गरिएको थियो । हिमाली आयोजनाको सहयोगमा सञ्चालित उपआयोजना प्राप्त किसानहरुले व्यवसायिक रुपमा कृषि फार्म सञ्चालन गर्नका लागि आयोजनाले धेरै नै सहयोग पु¥याएको बताएका थिए ।
कृषि पत्रकार समाजको संयोजनमा रसुवाको भ्रमणमा सहभागी कृषि पत्रकारहरुले रसुवाको घत्लाङ्ग, स्याफ्रुबेशी, ठूलो भार्ले, धुन्चे लोकिल लगायतका ठाउँहरुको भ्रमण गर्नु भएको थियो ।
हिमाली आयोजनाको अनुदान प्राप्त गर्नका लागि किसानहरुले प्रस्ताव पेश जुनसुकै समयमा पनि गर्न सक्ने भएकाले किसानहरु अझै प्रभावित भएको रसुवामा सञ्चालित आयोजनामा कृषि विज्ञका रुपमा कार्यरत अरविन्द लेखकले बताउनु भयो ।
सञ्चारकर्मीहरुको जिज्ञासामा अधिकांश किसानहरुले हिमाली आयोजनामा केही प्रक्रियामा गाह्रो भएको भएपनि अहिले त्यो प्रक्रिया सहज बनाउनका साथै किसानहरुलाई प्रस्ताव लेख्न सिकाएर अनुदान उपलब्ध गराउँदै आएको अत्यत्तै खुशी समेत व्यक्त गर्नु भएको थियो ।
कृषि क्षेत्रमा काम गर्ने अन्य संघसंस्थाहरु भन्दा हिमाली आयोजना किसानका पक्षमा अत्यन्तै सफल भएको रसुवाका कृषि व्यवसायीहरुको धारणा छ ।

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७१