शुक्रबार, चैत्र १६, २०८०

कृषि उत्पादन तथा प्रविधि प्रदर्शनी

जुम्ला, २४ असार ।  जिल्लाको सरकारी तथा गैरसरकारी निकायहरूको संलग्नतामा यहाँ आयोजित जिल्लास्तरीय स्थानीय कृषि उत्पादन तथा प्रविधि प्रदर्शनी सम्पन्न भयो । कर्णालीका लोपोन्मुख रैथानी बालीको संरक्षण तथा उत्पादित कृषि बाली प्रवद्र्धनका लागि जुम्लास्थित कृषि अनुसन्धान तथा स्याउ प्रशोधन केन्द्र, वल्र्डभिजन÷कर्णाली दिगो विकास प्रतिष्ठान, सूर्य सामाजिक सेवा सङ्घ÷ग्रामीण पहुँच कार्यक्रम जुम्लाद्वारा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा स्थानीय क्षेत्रमा पाइने सिमी, मकै, कोदो, गहुँ, जौ, धान, मास, चिनो, कागुनो, गहत, गुराँस, भटमास, कला, फापर, मार्से, उवा तरकारीमा आलु, काउली, बन्दा, फर्सी, काँक्रा, मूला, गाँजर, प्याज लसुन, कन्या च्याउ फलफूलमा आरु, स्याउ, खुर्पानी, स्थानीय बालीबाट बनेको खाने परिकारमा फापर कोदोको केक, नमकिन, बिस्कुट समोसा तथा राडपाखी, फेरुवा, गलैँचा, कम्बल, टोपी राखिएका थिए ।
प्रदर्शनीमा कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) लगायत विभिन्न सङ्घसंस्थाबाट बनेका कृषक तथा आमा समूह गरेर करिब ४२ वटा कक्ष राखिएको र लगभग ७३७ जनाले अवलोकन गरिएको आयोजक संस्था मध्यका प्रतिष्ठान (कष्ठा) जुम्लाका फिल्ड सुपरभाइजर विष्णुबहादुर शाहीले जानकारी दिनुभयो । प्रदर्शनीमा आउनेहरूले बाली तथा प्रविधिका बारेमा जानकारी लिएका छन् भने कृषक समूहले करिब ७२ हजार बिक्री वितरण गरी आर्थिक आम्दानी पनि गरेका छन् । प्रदर्शनीमा जिल्लाका विभिन्न महिला तथा कृषक समूहले देउडा प्रतियोगिता गरी कर्णालीको स्थानीय बाली संरक्षणसम्बन्धी गीतले नयाँ सन्देश दिएका थिए । त्यसैगरी कर्णालीका चर्चित लोकतान्त्रिक धामी तिलकप्रसाद चौलागार्इं र डाँग्री लक्ष्मीप्रसाद उपाध्यायले पनि स्थानीय बाली संरक्षणमा चासोविहीन तथा आयातीत खाद्य तथा तरकारी बालीमा परनिर्भर कर्णालीवासीलाई तीतो व्यङ्ग्य प्रहार गरेका थिए । प्रदर्शनीबाट आगामी दिनहरूमा लोपोन्मुख रैथानी बाली संरक्षण अभियानलाई सार्थक तुल्याउने अपेक्षा गरिएको छ ।   -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, असार २४, २०७१