सोमवार, बैशाख ३, २०८१

पूर्व लडाकु कागज उद्योग चलाएर मालिक बन्दै

जाजरकोट, २२ असार । ढिमे गाविस वडा नं ८ समाइलाका उबीलाल घर्ती र राधिका घर्तीकोे पेसा भने अलि फरक छ । घर्ती परिवारले स्थानीय वनपैदावरलाई सदुपयोग गर्दै कागज उद्योग सुरु गरेका छन् । द्वन्द्वकालमा श्रीमान्–श्रीमती दुईजना स“गै रहेर पार्टीको काम गरे । सशस्त्र द्वन्द्वको अन्त्यपछि पनि यो घर्ती दम्पती अहिले आपm्नै गाउँमा हाते कागज उद्योग खोलेर रमाएका छन् । उनीहरु आफूमात्र स्वरोजगार छैनन्, स्थानीय स्तरमा उनीहरुले रोजगारीको सिर्जना पनि गरेका छन् । घर्ती दम्पती माओवादीले सञ्चालन गरेको युद्धको सुरुवातबाटै भूमिगत भएका थिए । द्वन्द्वको अन्त्यस“ंगै २०६३ मा घर्ती दम्पतीले लेकबेसी हाते कागज उद्योग दर्ता गरी छिमेकी गाविस अर्छानीमा सञ्चालन सुरु गरे भने अहिले ढिमेको पा“चकटियामै उद्योग चलाएर बसेका छन् । हाते कागज उद्योगमा उबीलालले रु तीन लाख ५० हजार लगानी गरेका छन् । राधिकाले पनि अल्लो सदुपयोग गर्न २०६६ मा तीनचुले अल्लो प्रशोधन केन्द्र दर्ता गरी सञ्चालनमा ल्याएकी छिन् ।
दम्पतीले भिन्नाभिन्नै उद्योग दर्ता गरे पनि मिलेर दुवै उद्योग सञ्चालन गर्न खटेका छन् । दुवै जनालाई जिल्लास्थित साना तथा घरेलु उद्योग विकास समितिले प्रशिÔक बोलाएर तालिम दिएको हो । अल्लो प्रशोधनलाई पूर्व सभासद् कालीबहादुर मल्लले संसद् विकास कोÈबाट रु तीन लाख अनुदान सहयोगबाहेक अन्य कतैबाट सहयोग नपाएको घर्तीले बताउनुभयो । राधिकाको उद्योगमा तयार भएको अल्लाको रेशा धागो २०६८ सालमा भृकुटीमण्डपमा भएको घरेलु तथा साना उद्योग प्रदर्शनीमा उत्कृष्ट भएको थियो । ढिमे, अर्छानी, रामीडा“डा, लहं, खगेनकोट, डा“डागाउ“, कार्कीगाउ“, पैङ्क र रोकाय गाउ“का गाविसका बासिन्दाले घर्ती दम्पतीको उद्योगलाई नेपाली हाते कागज बनाउने लोक्ता र अल्लोको रेशा बनाउने कच्चा पदार्थ उपलब्ध गराइदिने गरेको घर्ती दम्पती बताउ“छन् । लोक्तालाई पकाएपछि रेशा बनाउने पुरानो प्रविधि त्याग्दै जेनेरेटर प्रयोग गरेर रेशा बनाउने प्रविधि पनि अपनाएका छन् घर्ती दम्पतीले । कच्चा पदार्थ ढिमे गाविस वडा नं ८ समाइलास्थित उबीलालको घरमा सङ्कलन हुने गर्छ भने हाते कागज र अल्लो धागो उत्पादन ढिमे–१ पां“चकटियास्थित राधिकाको माइती घरमा हुने गर्छ । पाचकटिया सदरमुकामसँगै जोडिएको बस्ती भएको हुनाले यातायात सुविधा छ । अल्लोको रेशा प्रतिकेजी रु २०० देखि रु ९०० सम्ममा बिक्री हुने गरेको छ । राधिका दम्पतीले उद्योगको खर्च कटाएर मासिक रु ५० हजार आम्दानी हुने गरेको बताए । कागज उद्योगमा उनीहरुले छजना मजदुरलाई मासिक रु पाँचदेखि रु छ हजारसम्म पारिश्रमिक दिएर काममा लगाएका छन् । गत मङ्सिरदेखि अहिलेसम्म उबीलालले १४० कोरी कागज उत्पादन गरिसकेका छन् । एक कोरीमा २३० ताउ हुने घर्ती बताउँछन् । एक कोरी कागजलाई रु दुई हजार २०० मा खरिद गर्ने सम्झौता बमोजिम उबीलाल यतिखेर कागज लिएर काठमाडौँ जाने योजनामा छन् । स्थानीयवासीलाई लोक्ता र अल्लोका बोक्रा सङ्कलन गर्ने वैज्ञानिक विधि थाहा नभएको र जथाभावी सङ्कलनबाट लोक्ता निकाल्दा सेता बोक्रो मासिने खतरा बढेकामा घर्ती चिन्तित छन् । -कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, असार २२, २०७१