शुक्रबार, चैत्र १६, २०८०

कृषिमा नयाँ प्रविधि ल्याउँछौ

j k khanalचापागाउँ(ललितपुर), २१ असार । नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले नयाँ प्रविधिमा जोड दिनुपर्ने बताउनुभएको छ । पारिवारिक खेती वर्ष २०१४ कार्यान्वयन समितिले ललितपुरको चापागाउँमा आयोजना गरेको कार्यक्रममा कृषि मन्त्रालयका सचिव एवम् पारिवारिक खेती वर्ष २०१४ निर्देशक समितिका संयोजक जयमुकुन्द खनालले निर्वाहमुखी खेती प्रणालीलाई व्यावसायिक बनाउन सरकार नयाँ प्रविधिको तयारीका साथ अगाडि बढेको बताउनुभयो । उहाँले सरकारले सहजै कम लगानीमा बढी उत्पादन गर्न सहयोग पुग्ने खालका औजार भित्र्याउन लागेको हो । व्यवसायिक र प्राङ्गारिक खेतीको आधार पारिवारिक खेती रहेकाले यसको अभ्यास महत्वपूर्ण रहने तर्क गर्नुभयो ।
खनालले नेपालका ७५ वटै जिल्लामा सञ्चालन भैरहेको पारिवारिक खेती वर्षको अभियानले आम नेपाली नागरिकलाई खेती कर्ममा लाग्न प्रेरित गरेको प्रति खुशी व्यक्त गर्नुभयो । यसैबीच, पारिवारिक खेती वर्ष २०१४ निर्देशक समितिका सदस्य–सचिव खेमबहादुर पाठकले जग्गा बाँझो नराख्ने हो भने पनि ३० प्रतिशतभन्दा बढी खाद्य उत्पादन बढाउन सकिने बताउनुभयो । सदस्य–सचिव पाठकले अर्गानिक, ताजा र आफ्ना लागि आफंँै उत्पादन हुने पारिवारिक उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विशेष  कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रकाशित मिति: शनिबार, असार २१, २०७१