बिहिबार, चैत्र १५, २०८०

ट्राउट माछा व्यवसाय ओरालो लाग्दै

काठमाडौं, १८ असार । पछिल्लो समयमा माछा जातमा विशेष चर्चा कमाउन सफल भएको ट्राउट माछा व्यवसाय विस्तारै ओरालो लाग्न थालेको छ । माछा पालन व्यवसायमा संलग्न व्यवसायीहरु कै कारण ट्राउट माछा व्यवसाय धराप पर्न थालेको माछा विज्ञहरुकै भनाई रहेको छ । सरकारले माछा पालन व्यवसायलाई सहज बनाउनका लागि विभिन्न स्थानहरुमा स्रोत केन्द्र स्थापना गर्दा पनि माछा व्यवसाय फस्टाउन सकेको देखिँदैन ।

trautविशेष गरी ट्राउट माछा प्रति केजी उत्पादन लागत ६ सयको हाराहारीमा भएको भएपनि उपभोक्ताहरुले भने १३ देखि १४ सय रुपैयाँसम्म तिरेर खरिद गर्नु परेको छ ।
ट्राउट माछा उत्पादन लागत मूल्य भन्दा धेरै नै बढी मुनाफा लिएर व्यवसायीहरुले विक्री गर्न थालेपछि ट्राउट माछा उपभोग गर्ने उपभोक्ताहरुमा समेत कमी आएपछि माछा पालनमा सक्रिय रहेको व्यवसायीहरु आफ्नो व्यवसाय ओरालो लाग्न थालेको बताउँछन् ।
ट्राउट माछाको उत्पादन र त्यसको उपभोग गर्ने उपभोक्ताका क्रय शक्तिका कारण पनि अहिले ट्राउट माछा प्रति आकर्षण घट्न थालेको छ । व्यवसायीहरुले चर्को मूल्यमा ट्राउट विक्री गर्न थालेपछि मासु उपभोग गर्ने उपभोक्ताहरु ट्राउटको विकल्प लिन थालेपछि बजारमा उत्पादन बढ्दा पनि माग घट्न थालेपछि ट्राउट माछा व्यवसाय ओरालो लाग्न थालेको स्वयं व्यवसायीहरु नै बताउँछन् ।

प्रकाशित मिति: बुधबार, असार १८, २०७१