सोमवार, अशोज ८, २०८०

हानिकारक बिषादी प्रयोग गरिएको आँप जफत

धनगढी, १६ असार । सरकारले बिषादी प्रयोग गरिएका कृषि उपजहरुलाई न्यूनिकरण गर्नका लागि विभिन्न प्रयासहरु गरिरहेका बेला धनगढीमा भने कार्बाइड नामक हानिकारक रसायन प्रयोग गरी पकाइएर विक्रीका लागि तयार गरिएको करिब रु छ लाख मूल्य बराबरको दश हजार किलो आँप जफत गरेको छ । संयुक्त बजार अनुगमन समिति कैलालीले अनुगमनका क्रममा ती आँप जफत गरेको हो ।

mangoकार्बाइड प्रयोग गरी पकाइएको आँप स्थानीय बजार क्षेत्रमा निर्वाध रूपमा बिक्री भइरहेको गुनासो बढेपछि गएको अनुगमन टोलीले यस्तो आँप जफत गरेको अनुगमन टोलीमा संलग्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सञ्जीवकुमार कर्णले बताउनुभयो ।
उपभोक्ताको गुनासोपछि संयुक्त बजार अनुगमन समितिले शनिबार गरेको अनुगमनका क्रममा धनगढीका विभिन्न व्यापारीबाट बिक्री भइरहेको र बिक्रीका लागि भण्डारण गरिएको अवस्थामा आँप जफत गरिएको हो ।
बजार अनुगमनका क्रममा धनगढीका फलफूल व्यापारी अफजाल अहमद, गुड्डु अन्सारी, विकास शाह, सूर्यचन्द्र, भोजराज बोहरा र सञ्जित शाहको फलफूल पसलबाट यस्तो आँप जफत गरिएको हो ।
मानव स्वास्थ्यका लागि हानिकारक रसायन कार्बाइडको प्रयोग गरी आँप पकाउन खाद्य ऐनले प्रतिबन्ध लगाएको भएपनि व्यापारीमा अन्धाधुन्द रूपमा यो रसायनबाट आँप पकाई बिक्री गर्ने प्रवृत्ति बढेको छ

प्रकाशित मिति: सोमवार, असार १६, २०७१