मङ्लबार, अशोज ९, २०८०

सरकार व्यवासायी खेती तिर पर्यटन व्यवसायी परम्परागततिर

गोरखा, १६ असार । मानो रोपेर मुरी फलाउने नारा मात्र होइन असारमा रोपेर मंसीरमा भित्र्याउनु पर्ने धान बाली बर्षातका कारण रोप्न गाह्रो भईरहेको भएपनि परम्परागत रुपमा गरिंदै आएको खेतीलाई लोप हुन नदिन भन्दै त्यसलाई संरक्षण र प्रवद्र्धन गर्न पर्यटन व्यवसायी सक्रिय भएका छन् ।
असार महिनामा कृषकलाई केही हौसला र उत्साह प्रदान गर्नुका साथै परम्परागत सभ्यता र संस्कृतिको जगेर्ना गरी कृषिलाई पर्यटनसँग जोड्ने हेतुले व्यवसायीहरूले यस्तो प्रयास थालेका हुन् । 1आधुनिक कृषि पद्धति र कृषकमा आएको विविधीकरणले गर्दा परम्परागत कृषि प्रणालीले कोल्टे फेरिसकेको छ । त्यसैले अहिले कृषक पनि हल गोरु जोतेर, कुटो कोदालाले खनेर, साएर, बाउसे गरेर रोपाइँ गर्ने पुख्र्यौली परम्परालाई तोड्दै आधुनिक औजार र उपकरण प्रयोग गरेर धानखेती गर्दै आएका छन् ।

सहर र तराईका फाँटमा मात्र हैन, गाउँका कुनाकुनाका बस्तीहरूमा समेत परम्परागत धान रोपाइँ लोप हुँदै छन् । गाउँतिर परम्परागत पञ्चेबाजा र असारे भाकामा रमाउँदै किसानहरू रोपाइँ गर्ने चलन अहिले बिरलै देख्न पाइन्छ । कृषि प्रणालीको आधुनिकताले एकातर्फ परम्परागत सभ्यता र संस्कृतिलाई बढार्दै लगिरहेको छ भने अर्कोतर्फ त्यसमा खपत हुने जनशक्तिलाई अन्य विकल्प खोज्न बाध्य तुल्याएको छ ।

प्रकाशित मिति: सोमवार, असार १६, २०७१