शनिबार, अशोज १३, २०८०

पशु स्वास्थ्यकर्मीको आन्दोलनका कारण स्रोह पशु म¥यो

बेलौरी (कञ्चनपुर), १६ असार । पशु स्वास्थ्यकर्मीको आन्दोलनका कारण कञ्चनपुरका स्रोह पशु चौपाया मरेका छन् । पशु चिकित्सा ऐन २०५५ परिमार्जितको व्यवस्थाको माग राख्दै आएका पशु स्वास्थ्यकर्मीको आन्दोलनका कारण जिल्लाका विभिन्न स्थानका पशु चौपाया मरेका हुन् । पशु स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि पशु स्वास्थ्य सेवा पूर्ण ठप्प हुँदा समयमै उपचार नपाएपछि पशुहरू मरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशु सेवा कार्यालय मातहत कार्यरत रहेका पशु चिकित्सकहरूले सेवा बन्द गरेपछि पशुहरू मरेको नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोेसिएसन कञ्चनपुरका अध्यक्ष रामदत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार असार १५ गतेसम्म  उपचार नपाएपछि चाँदनीमा दुई बाख्रा र एक बाच्छी, त्रिभुवनबस्ती एक गोरु, दुई बाख्रा, भीनपा–८ तिलाचौर दुई भँैसी, एक गोरु, कालिका–२ बाख्रा तथा कृष्णपुरमा एक बङ्गुर र पाडी मरेका छन् । “राज्यले आफूहरूमाथि गरेको अन्यायका कारण आज पशुपालक कृषक मर्कामा परेका छन्”–अध्यक्ष भट्टले भन्नुभयो । आन्दोलन पशु स्वास्थ्यकर्मीको रहर नभई बाध्यता भएको अध्यक्ष भट्टको भनाइ छ । पशु स्वास्थ्यकर्मीको आन्दोलनसँगै जिल्लाको पशु स्वास्थ्य सेवा ठप्प हुँदा अझै मर्ने पशुको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । पशु स्वास्थ्यकर्मीको आन्दोलनका कारण कञ्चनपुरलगायत देशभरिको पशु स्वास्थ्य सेवा पूर्ण ठप्प हुँदा पशुपालक कृषक मर्कामा परेका छन् । रासस

प्रकाशित मिति: सोमवार, असार १६, २०७१