शुक्रबार, चैत्र १६, २०८०

देशदर्शनको रोपाई सम्पन्न

काठमाडौं, १५, असार ।

”माइलादाइहली, म कान्ला काट्ने, पातली रोपार
बाउसे दाइ रमाइलो गर, लौ हिलो छयापेर”……यस्तै–यस्तै असारे गीतगाएर सिर्जनशीलश्रष्टा र युवायुवतीले दबदबे हिलोमा
धान रोपाईका विशिष्ट अनुभवहरु हासिल गरे । देश दर्शनको प्रमुखआयोजनामा सम्पन्न रोपाई कार्यक्रममा खेत खन्ने, खेत सम्याउने, बिउ रोप्ने र पानी पटाउने जस्ता आधारभूत कृषिकर्म सिकाएको थियो ।

1दबदबे हिलो माझमा आयोजितकार्यक्रममा देश दर्शनका संरक्षक वरिष्ठ निबन्धकार युवराज नयाँघरेले नयाँ पुस्तालाई खेती र श्रमको मूल्यबताउन यस्ता रचनात्मक कार्यक्रमउल्लेख्य हुने बताउनु भयो ।

रोपाई कार्यक्रममा अध्यक्ष शम्भु सुस्केरा र अन्यपदाधिकारीहरु उत्तम भट्टराई, विदुर गिरी, राजीबखत्री, सन्तोषकुमार थापा, रुपा पाण्डे लगायतले देश दर्शनले समाज, संस्कृतिलाई चिनाउने कार्यक्रमनिरन्तर रुपमाआयोजनागरिरहने बताउनु भएको थियो । सहभागीहरुलाई हिलोमा छमछमी नचाउदै विविध खेलको आयोजनागरिएको थियो । रोपाई कार्यक्रममादहीचिउरा र अन्य नेपाली परिकार खुवाइएको थियो । झण्डै ४० जनाको संख्यामा लेखक, शिक्षक, स्काउटर, प्रहरी र विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा सचेतनाओपन स्काउट क््रयू र नेशनलओपन स्काउट क््रयूको सक्रिय सहभागिता रहेको जानकारी देश दर्शनका सचिव राजीबखत्रीले गराउँनुभयो ।

प्रकाशित मिति: आइतवार, असार १५, २०७१