शनिबार, बैशाख ८, २०८१

धानखेतीतिर किसानलाई आकर्षित गर्ने कार्यक्रम आवश्यक

yogendra shahiकृषिको विषयमा अनेकतामा एकता भएको देश विश्वमा एक मात्र नेपाल हो । नेपालमा हरेक प्रकारका कृषि उत्पादन हुनसक्ने भरपुर संभावना बोकेको देश हो मात्र हामीले त्यो सम्भावनालाई प्रयोग गर्न सक्ने दक्षता हाँसिल गर्न सक्नु पर्छ । भन्नाका लागि त नेपाल कृषि प्रधान देश भन्छन् तर खाली नारामा मात्रै सिमित भएको छ नेपाल कृषि प्रधान देश । नेपालमा खाद्यन्न उत्पादनको विषयमा कुरा गर्ने हो भने नेपालमा उत्पादन नहुन सक्ने कुनै पनि खाद्यन्न छैन होला । सबै खाले सबै प्रकारका खाद्यन्न बालीको हामी व्यवसायिक खेती गर्न सक्छौ यसमा कसैको दुई मत नहोला ।
तर, सबै खाद्यन्न बालीको कुरा गर्नु भन्दा पनि सबै भन्दा मुख्य खाद्यान्न बालीको विषयमा केही कुरा गरौ । किन भने आज हामी धान दिवस मनाउदै छौ । प्रत्येक वर्ष असार १५ गते हामी धान दिवस मनाउदै आईरहेका छौ । किन भने नेपालमा अन्यबाली भन्दा पनि यहा“का किसानहरुले समेत धानबालीलाई नै प्रमुख प्राथमिकता दिएका हुन्छन् । प्रमुख बालीको रुपमा मानेता पनि आवश्यकता अनुसार नेपालमा धान उत्पादन गर्न सकिरहेको अवस्था देखिदैन । आवश्यकता अनुसार धान उत्पादनमा कमी कुन कारण भईरहेको छ त्यतातिर सम्बन्धित निकायको ध्यान गएको पनि देखिदैन । कृषि विकास मन्त्रालयले स“ग सम्वन्धित निकायहरु व्यवसायिक कृषिका ठूला ठूला कुरा गरिरहेका हुन्छन् तर, कृषि उपजहरुको उत्पादन बढाउनका लागि के के काम गरिरहेका छ भन्ने कुरा मूल्यांकन गर्नु पर्ने हुन्छ । राज्य कृषिमा यति उति लगानी गरेको अथवा कृषिमा बजेट बढाएको कुरा गर्छ तर उपलब्धि खै त ? गत बर्ष कृषिमा दोब्वर बजेट बढाएको हौवा फिंजाइएको थियो तर यथार्थमा बजेट दोब्वर थियो कि थिएन भन्ने तिर कसैले चासो दिएन । ठूला ठूला सञ्चार माध्यमहरु पनि कागले कान लग्यो भन्नासाथ कागको पछि पछि दौडिए र जनतामा भ्रम मूलक कृषिको बजेट दोब्वर भएको समाचार प्रकाशन पनि गरे । तर दोब्वर बजेट छैन भनेर लेख्न साहस कसैले पनि गरेन् । कृषि साप्ताहिक ले मुख्य समाचार बनाएर कृषि दोब्वर बजेट नभएको प्रमाणित गरिदियो । हुन पनि राज्यले कृषिमा दोब्बर बजेट गर्न सकेको छैन । बजेट दोब्वर बनाउनु पर्दछ तर त्यो बजेटलाई खाद्य उत्पादनमा लगानी गर्न सरकारले सक्छ कि सक्दैन भन्ने कुरा मुख्य चुनौति रहेको छ ।
नेपालको प्रमुख खाद्य बालीका रुपमा रहेको धान उत्पादन हरेक बर्ष घट्दै गईरहेको छ । गत बर्षपनि करोडौं रुपैयँंको चामल विदेशबाट आयात भएको खाद्य संस्थानको तथ्यांकले देखाउछ । विगत डेढ दशक अगाडि धान निर्यात गर्ने मुलुकका रुपमा स्थापित नेपाल यति छोटो अवधिमा नै धान आयात गर्नु पर्ने अवस्था आउंदा सम्वन्धित निकायको ध्यान किन जान सकेन । किसानहरुलाई धानखेतीमा उत्साहित गर्ने खालका कार्यक्रम दुरदराजका ग्रामिण भेगसम्म किन पु¥याउन सकिएको छैन । कृषिमा क्रान्ति गर्ने सपना बोकेका धेरै सरकारहरु आए गए कृषिमा कुनै परिवर्तन ल्याउन सकेनन् । त्यसले त हामी चामल किनेर उपभोग गरिरहनु परेको छ । कृषि क्रान्तिका कुरा मुखले होइन किसानका खेतमा हुनु पर्दछ । कागजमा होइन व्यवहारमा लागू हुनु पर्दछ अनि मात्र मुलुक कृषि प्रधान देश बन्न सक्ला । धान दिवस,मकै दिवस जे दिवस मनाए पछि यदि उत्पादन बढाउन तिर चासो देखाएनौ भने यस्ता दिवस हात्ति आयो हात्ति आयो फुस्सा बन्न बेर छैन ।-योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: आइतवार, असार १५, २०७१