आइतवार, मंसिर २४, २०८०

ताराखोलामा कृषि सडक निर्माण सुरु

बागलुङ, १४ असार । जिल्लाको तारा गाविसमा ग्रामीण कृषि सडकको निर्माण  सुरु भएको छ । तारा–७ को मपेश, औलादी, सानोहिले, ठुलोहिले हुँदै सिप जोड्ने ग्रामीण कृषि सडकको निर्माण अघि बढेको हो । करिब तीन किलोमिटर लामो सडक रु १० लाखको लागतमा निर्माण गर्न लागिएको निर्माण समितिका अध्यक्ष मनबहादुर रोकाले बताउनुभयो । सो सडक असार मसान्तभित्र निर्माण पूरा गरिने बताइएको छ । ग्रामीण कृषि सडक निर्माणको लागि जिल्ला विकास समिति बागलुङबाट रु तीन लाख, संसद विकास कोषबाट रु एक  लाख ६० हजार तथा औलादी गाउँबाट रु एक  लाख ५० हजार, सानोहिले गाउँबाट रु एक  लाख ४० हजार र ठूलोहिले गाउँबाट रु एक लाख ३० हजार सङ्कलन गरिएको समितिका कोषाध्यक्ष सुनकली सापकोटाले जानकारी दिनुभयो । कृषि सडक निर्माणपछि स्थानीय कृषि उत्पादनको बजारीकरण गर्न तथा सामान ढुवानीमा सहज हुनेछ ।  –कृषि साप्ताहिक

प्रकाशित मिति: शनिबार, असार १४, २०७१