शुक्रबार, बैशाख ७, २०८१

धादिङ तथा नुवाकोटमा पशुपालन तालिस सम्पन्न

काठमाडौं,१३ असार । पशुपालन व्यवसायको प्रवद्र्धन तथा सोको माध्यमबाट कृषकवर्गमा क्षमता अभिवृद्धि गराउने हेतुले वातावरण संरक्षण तथा कृषि अनुसन्धान र बिकास समाज नेपाल (सेकार्ड नेपाल) ले धादिङ तथा नुवाकोट जिल्लाका केही गाविसहरुमा व्यवसायिक कुखुरा, बाख्रा, तथा बंगुरपालन सम्बन्धि तालिम सम्पन्न गरेको छ । कृषि पर्यावरणमा पशुबस्तुको महत्वलाई समेत प्राथमिकतामा राखेर सो तालिम सञ्चालनमा ल्याईएको सेकार्डले जनाएको छ ।
धादिङ तथा नुवाकोटका किसानहरु खेतीपातीमा मात्र संलग्न नभई पशुपालनहरु गाई,भैसी, बाख्रा, कुखुरा तथा बंगुर पालनमा समेत सक्रिय रहेका छन् । पशुपालनमा सक्रिय रहेका किसानहरुलाई पशुपालनप्रति थप उत्प्रेरणा प्रदान गर्न सो तालिम प्रदान गरेको हो ।
धादि¨ जिल्लाको केवलपुर गाविस वडा नं १, पण्डितपौवा तथा नुवाकोट जिल्लाको सुनखानी, समून्द्रादेवी, भद्राटार र महाकाली गाविसहरुमा व्यवसायिक कुखुरापालन, बाख्रापालन र बंगुरपालन सम्बन्धि तालिम कार्यक्रमबाट प्रत्यक्ष वा अप्रत्यक्ष गरि करिब २५० घरधुरी लाभान्वित बनेको सेकार्ड जनाएको छ ।
कुखुराको मासु नेपालबाट मात्र उत्पादित नभई बाह्य मुलुकहरुबाट ठूलो परिमाणमा नेपालमा भित्रिने गरेको छ । यसरी प्रत्येक बर्ष आयात हुने हजारौं टन कुखुराको मासु मार्फत करोडौं नेपाली रुपैंया बिदेश गइरहेको छ । यो अवस्थामा नेपाललाई कुखुराको मासुमा आत्मनिर्भर बनाउन सकियो भने करोडौं नेपाली मुद्रा संचित गर्न सम्भव छ भन्दै संस्थाले पशुपालनमा किसानहरुलाई आकर्षित गर्न यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
२ दिने व्यवसायिक कुखुरा पालन तालिम कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षक उद्धब पनेरुले तालिम दिएका थिए । तालिम कार्यक्रमबाट सहभागीहरुले कुखुरा पालनका लागि आवश्यक पर्ने दाना व्यवस्थापन, खोर व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन तथा अन्य आवश्यक विषयवस्तुहरुमा जानकारी प्राप्त गरेका थिए ।
तालिम कार्यक्रममा बाख्रा पालन सम्बन्धि प्रशिक्षणका प्रशिक्षक भेटेरिनरी डा.शोभा बरालले बाख्राको नश्ल सुधार, नेपालमा बाख्रापालनमा आउने मुख्य समस्याहरुमध्ये हाडनाता मुख्य रहेकाले यो समस्याको निराकरण गर्नका निम्ति विशेष ध्यान पु¥याइएको विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए । त्यसै गरी बाख्राहरुमा देखिने पिपिआर तथा मुआलो रोगको पनि चर्चा समेत गरिएको थियो । कार्यक्रम सहभागीहरु मध्ये रत्नेश्वर कृषक समूहका सदस्य सुभाष पण्डितले कृषकवर्गको आयस्तर वृद्धि गर्न सेकार्ड अन्य क्षेत्रमा पनि यस्ता तालिम सञ्चालन गर्नु पर्ने बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७१