मङ्लबार, बैशाख ११, २०८१

कफी क्षेत्रको विकासका लागि युरोपेली सङ्घको सहयोग

काठमाडौँ, १३ असार । निजी क्षेत्रसँगको सहकार्यमा निर्यातको प्रचुर सम्भावना भएको कफीको विकासका लागि युरोपेली सङ्घले रु ८१ करोड ८४ लाख सहयोग गर्ने भएको छ । आर्थिक एवम् व्यापारिक क्षमता अभिवृद्धि तथा निजी क्षेत्रको विकासका निम्ति उपलब्ध गराइएको उक्त रकम व्यापार नीति निर्माण, व्यापार प्रवद्र्धनका प्राविधिक कठिनाइको अन्त्य र कफी क्षेत्रको विकास तथा निर्यात प्रवद्र्धनमा उपयोग गरिनेछ । अर्थमन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सङ्घका एसिया, मध्यएसिया र युरोपका लागि अनुदान सहयोग कार्यालयका निर्देशक डिर्क मेगाङ्क र अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७१