रत्ननगर (चितवन), १२ असार । मत्स्य विकास केन्द्र भण्डारा चितवनमा माछाको भुराको माग अत्यधिक हुन थालेको छ । माछाको माग बढेकाले उत्पादन पु¥याउनसमेत मुस्किल भएको केन्द्रले जनाएको छ । यो केन्द्रले माछाको बीउ उत्पादन गर्दै आएको छ । यहाँ साना मझौला र केही ठूला गरी तीन साइजका माछा उत्पादन गरेर किसानलाई बीउ वितरण गर्दै आएको छ । यस वर्ष साना अर्थात् जिरा भुरा लक्ष्यभन्दा १० लाख बढी बिक्री भएको मत्स्य विकास केन्द्र भण्डाराका प्राविधिक सहायक चिरञ्जीवी दाहालले बताउनुभयो । उहाँले केन्द्रको एक करोड जिरा भुरा उत्पादन गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म एक करोड १० लाख जिरा माछा बिक्री भइसकेको र अझै यो महिना भरमा चार÷पाँच लाख भुरा जाने अनुमान गरिएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष केन्द्रले ७० लाखमात्रै जिरा भुरा उत्पादन गरेको थियो ।
यस्तै मझौला अर्थात् मसिना भुरा (फ्राई भुरा) २५ लाख उत्पादन गर्ने लक्ष्य रहेकामा ३५ लाख बिक्री भएको र आँैला साइजका भुरा (फिङ्गर लिङ्क) पाँच लाखभन्दा बढी उत्पादन गरी बिक्री भएको मत्स्य विकास केन्द्र भण्डाराले जनाएको छ । केन्द्रले जिरा भुरा प्रतिलाख रु दुई हजारमा बिक्री गर्ने गरेको छ । यस्तै फ्राई भुरा प्रतिहजार रु २५० र फिङ्गर लिङ्क प्रतिहजार रु ७५० का दरले बिक्री गर्ने गरेको छ । किसानको मागअनुसार भुरा दिइने गरिएको छ । विगत वर्षमा भन्दा यो वर्ष माछापालन व्यवसाय बढेकाले माग बढिरहेको उहाँले बताउनुभयो । किसान केन्द्रको भरपर्ने गरेकाले दाहालले अब माछा ह्याचिङ सेन्टर आफैँ बनाएर बीउ तथा भुरा उत्पादन गर्नुपर्ने बेला आएको दाहालको भनाइ छ । चितवनमा भर्खंरै खुलेको माडीसहित चार स्थानमा मात्रै निजि क्षेत्रको ह्याचिङ सेन्टर छ । भण्डारामा रहेको केन्द्रले चितवनसहित नवलपरासी, धादिङ, गोर्खा, मकवानपुरलगायत छिमेकी जिल्लालाई समेत भुरा दिँदै आएको छ । सरकारी नीतिअनुसार किसानले ७५ प्रतिशत र सरकारी तवरबाट २५ प्रतिशत माछाको बीउ उत्पादन गर्ने रहेको छ । तर निजि क्षेत्रमा यो काम लागू हुन सकेको छैन । एक हेक्टरमा १० देखि १५ हजार भुरा राख्नुपर्छ तर किसानले सस्तो हुने भएकाले धेरै उत्पादन गर्ने लोभमा ५० हजारभन्दामाथि भुरा राख्ने गरेकाले उत्पादन कम हुने गरेको माछा विज्ञको भनाइ छ । यसमा पनि किसान सचेत हुनुपर्ने केन्द्रले जनाएको छ । नेपालमा विभिन्न सात जातका माछा पालिन्छन् । -कृषि साप्ताहिक
Add Comment